२४ “त्यसकारण मेरा यी कुरा सुन्ने र पालन गर्ने सबै जना चट्टानमाथि आफ्नो घर बनाउने बुद्धिमान् मानिसजस्तै हुन्।+२५ घनघोर पानी पऱ्यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो तैपनि त्यो ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो।
२५ तर जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा+ ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, ऊ सुनेर बिर्सने होइन तर त्यसैअनुसार काम गर्ने मानिस हुन्छ। अनि उसले जे गर्छ, त्यसमा ऊ आनन्दित हुनेछ।+