८ प्रेम कहिल्यै अन्त हुँदैन।* तर चाहे भविष्यवाणी गर्ने वरदानहरू होऊन्, ती हराएर जानेछन्; चाहे भाषाहरू* होऊन्, ती लोप हुनेछन्; चाहे ज्ञान होस्, त्यो बिलाएर जानेछ।
२० यदि कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने ऊ झूटा हो।+ किनकि जसले आफूले देखेको भाइलाई प्रेम गर्दैन,+ उसले आफूले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन।+