प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३:२-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि झाडीको बीचमा यहोवा परमेश्‍वरको स्वर्गदूत आगोको ज्वालाको रूपमा मोसासामु देखा परे।+ तिनले अझ नियालेर हेर्दा झाडी बलिरहेको देखे तर त्यो डढेको भने थिएन। ३ त्यसैले मोसाले भने: “कस्तो अनौठो! झाडी बलिरहेको छ तर डढेको छैन। के भएको रहेछ, म त्यहीँ गएर हेर्छु।” ४ तिनी झाडीको नजिकै आइरहेको देखेपछि यहोवा परमेश्‍वरले झाडीको बीचबाट तिनलाई “मोसा! ए मोसा!” भनेर बोलाउनुभयो। तिनले जवाफ दिए: “हजुर!” ५ उहाँले भन्‍नुभयो: “त्यहीँ उभिराख, नजिक नआऊ! तिम्रो जुत्ता फुकाल किनभने तिमी जहाँ उभिरहेका छौ, त्यो भूमि पवित्र छ।”

      ६ उहाँले अझै यसो भन्‍नुभयो: “म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्‍वर।” तब मोसाले आफ्नो अनुहार छोपे किनभने तिनी साँचो परमेश्‍वरलाई हेर्न डराए। ७ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+ ८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्‍याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+ ९ हेर, इस्राएलीहरूको चीत्कार मैले सुनेको छु। मिश्रीहरूले कठोर भएर तिनीहरूमाथि गरेको अत्याचार पनि मैले देखेको छु।+ १० त्यसैले म तिमीलाई फारोकहाँ पठाउनेछु र तिमीले मेरो प्रजा इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनेछौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने