प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २२:६-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “मध्यदिनतिर जब म यात्रा गरेर दमिसक पुग्नै लागेको थिएँ, तब अकस्मात्‌ मेरो चारैतिर आकाशबाट चहकिलो ज्योति चम्कियो+ ७ अनि म भुईँमा पछारिएँ र मलाई यसो भन्दै गरेको आवाज मैले सुनेँ: ‘सावल, ए सावल, तिमी किन मेरो खेदो गर्दै छौ?’ ८ मैले भनेँ: ‘प्रभु, तपाईँ को हुनुहुन्छ?’ उहाँले जवाफ दिनुभयो: ‘म नासरी येसु हुँ, जसको तिमी खेदो गरिरहेका छौ।’ ९ मसँग भएका मानिसहरूले ज्योति त देखे तर मसित कुराकानी गर्नेको आवाज भने सुनेनन्‌। १० त्यसपछि मैले सोधेँ: ‘हे प्रभु, म के गरूँ?’ प्रभुले मलाई भन्‍नुभयो: ‘उठ! दमिसक जाऊ। तिमीले गर्नुपर्ने सबै कामबारे तिमीलाई त्यहीँ बताइनेछ।’+ ११ तर ज्योतिको चमकले गर्दा मैले केही देख्न सकिनँ; त्यसैले मसित भएका मानिसहरूले मेरो हात समातेर डोऱ्‍याउँदै मलाई दमिसक पुऱ्‍याए।

  • प्रेषित २६:१३-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तब हे राजा, मध्यान्हको बेला बाटोमा आकाशबाट घामको उज्यालोभन्दा पनि चहकिलो ज्योति चम्केको मैले देखेँ र त्यो म अनि मसित यात्रा गरिरहेका मानिसहरूको चारैतिर चम्कियो।+ १४ अनि हामी सबै जना भुईँमा पछारियौँ र हिब्रू भाषामा मलाई यसो भन्दै गरेको आवाज मैले सुनेँ: ‘सावल, हे सावल, तिमी किन मेरो खेदो गर्दै छौ? तिमी सुइरोमा* जति लात हिर्काउँछौ, त्यति नै तिमीलाई दुःख हुन्छ।’ १५ तर मैले सोधेँ: ‘प्रभु, तपाईँ को हुनुहुन्छ?’ प्रभुले भन्‍नुभयो: ‘म येसु हुँ, जसको तिमीले खेदो गरिरहेका छौ। १६ अब उठ किनकि तिमीलाई आफ्नो सेवक बनाउन र मेरो विषयमा तिमीले जे-जे देखेका छौ अनि जे-जे म तिमीलाई देखाउनेछु, ती कुराहरूको साक्षी बनाउन म तिमीसामु प्रकट भएको हुँ।+ १७ अनि म तिमीलाई यो जाति अनि अन्यजातिका मानिसहरूको हातबाट जोगाउनेछु, जसकहाँ म तिमीलाई पठाउँदै छु।+ १८ तिनीहरूले ममाथि राखेको विश्‍वासको आधारमा आफ्ना पापहरूको क्षमा पाऊन्‌+ अनि मैले पवित्र ठहराएकाहरूले पाउने उत्तराधिकार पनि पाऊन्‌ भनेर तिनीहरूको आँखा खोल्न,+ तिनीहरूलाई अन्धकारबाट+ ज्योतितिर+ फर्काउन र सैतानको अख्तियारबाट+ मुक्‍त गरेर परमेश्‍वरको अख्तियारमुनि ल्याउन म तिमीलाई तिनीहरूकहाँ पठाउँदै छु।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने