२४ येसुले तिनीहरूलाई भन्नुभयो: “यहाँबाट जाओ किनकि सानी ठिटी मरेकी छैन तर निदाइरहेकी छे।”+ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। २५ भीडलाई बाहिर पठाइसकेपछि उहाँ तुरुन्तै भित्र पस्नुभयो र सानी ठिटीको हात समात्नुभयो+ अनि ऊ जुरुक्क उठी।+
१४ त्यसपछि नजिक गएर उहाँले अरथी छुनुभयो र त्यो बोक्नेहरू टक्क अडिए अनि उहाँले भन्नुभयो: “ए युवक, म तिमीलाई भन्छु, उठ!”+१५ तब त्यो मरेको मानिस उठेर बस्यो र बोल्न थाल्यो अनि येसुले उसलाई उसकी आमाको जिम्मा लगाउनुभयो।+
४३ यी कुराहरू भनेपछि उहाँले ठूलो स्वरमा भन्नुभयो: “ए लाजरस, बाहिर आऊ!”+४४ त्यो मरेको मानिस उसको हातखुट्टा कपडाले बेरिएकै अवस्थामा उठेर आयो अनि उसको अनुहारमा पनि कपडा बेरिएको थियो। येसुले तिनीहरूलाई भन्नुभयो: “उसलाई फुकाइदेओ र जान देओ।”