५२ सबै मानिस रुँदै अनि छाती पिट्दै शोक गरिरहेका थिए। त्यसैले उहाँले भन्नुभयो: “रुन छोड+ किनकि ऊ मरेकी छैन तर निदाइरहेकी छे।”+ ५३ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले किनकि केटी मरिसकेकी छे भनेर तिनीहरूलाई थाह थियो। ५४ तर उहाँले उसको हात समातेर भन्नुभयो: “नानु, उठ!”+