३३ मैले पनि उहाँलाई चिनेको थिइनँ तर पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्नुभयो, ‘जसमाथि पवित्र शक्ति ओर्लिँदै र बस्दै गरेको तिमीले देखौला,+ पवित्र शक्तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’+
१७ ‘परमेश्वर भन्नुहुन्छ, “अन्तको दिनमा म सबै मानिसमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन् अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्+ र तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्।