१५ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ पहिलो दिनमै तिमीहरूले आ-आफ्नो घरबाट खमिरा पीठो* हटाउनू। जसले यी सात दिनभित्र खमिर हालेको खानेकुरा खान्छ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइनेछ।*
१५ तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू किनभने त्यही महिना तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। मकहाँ कोही पनि खाली हात नआओस्।+