२४ डेमेत्रियस नाम गरेको सुनारले चाँदीबाट अर्तिमिस देवीको साना मन्दिरहरू बनाउँथे, जसले गर्दा कारिगरहरूको निकै आम्दानी भइरहेको थियो।+ २५ तिनले उनीहरूलाई अनि अरू कारिगरहरूलाई भेला गरेर यसो भने: “साथीहरू हो, यो व्यापारले गर्दा हाम्रो कत्ति फलिफाप भइरहेको छ, त्यो त तपाईँहरूलाई थाहै छ।