१६तब पावल यात्रा गर्दै डर्बी र लिस्त्रामा पनि आइपुगे।+ त्यहाँ तिमोथि+ नाम गरेका एक जना चेला थिए। उनकी आमा प्रभुमा विश्वास गर्ने यहुदी स्त्री थिइन् तर उनका बुबा भने ग्रीक थिए। २ लिस्त्रा र आइकोनियमका भाइहरूले उनको असाध्यै तारिफ गर्थे।
२ अनि हाम्रा भाइ तिमोथि,+ जो ख्रिष्टबारे सुसमाचार सुनाउन परमेश्वरले खटाउनुभएको सेवक* हुन्, तिनले नै तिमीहरूलाई स्थिर गराऊन्* र तिमीहरूको विश्वासलाई दह्रो बनाउन सान्त्वना देऊन् भनेर तिनलाई तिमीहरूकहाँ पठायौँ