-
प्रकाश ५:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिनीहरू यस्तो नयाँ गीत गाउँछन्:+ “तपाईँ त्यो मुठा लिन र त्यसको लाहाछाप खोल्न योग्य हुनुहुन्छ किनकि तपाईँ मारिनुभएको थियो र तपाईँले आफ्नो रगतद्वारा हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूलाई परमेश्वरको निम्ति किन्नुभयो+ १० र तिनीहरूलाई हाम्रा परमेश्वरको लागि राजा+ र पुजारी बनाउनुभयो+ अनि तिनीहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्।”+
-
-
प्रकाश २०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अनि मैले सिंहासनहरू देखेँ र ती सिंहासनहरूमा बस्नेहरूलाई न्याय गर्ने अख्तियार दिइयो। हो, मैले तिनीहरूलाई पनि देखेँ, जो येसुको विषयमा आफूले दिएको साक्षी अनि परमेश्वरको विषयमा आफूले बोलेको कुराले गर्दा मारिएका* थिए। साथै जङ्गली जनावर वा त्यसको मूर्तिको उपासना नगर्ने र आफ्नो निधार अनि हातमा त्यसको चिन्ह नलिनेहरूलाई+ पनि मैले देखेँ। तिनीहरू सबै जीवित भए अनि ख्रिष्टसित १ हजार वर्षसम्म राजाको रूपमा शासन गरे।+
-