-
रोमी १०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ किनकि विश्वास गर्ने हरेक मानिस धर्मी ठहरियोस् भनेर ख्रिष्टमै मोसाको व्यवस्थाको अन्त भयो।+
-
-
एफिसी २:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ उहाँले आफ्नो शरीरद्वारा शत्रुताको अन्त गर्नुभयो अर्थात् मोसाको व्यवस्था खारेज गर्नुभयो, जसमा आज्ञा अनि आदेशहरू थिए ताकि यी दुई समूहलाई आफूसित एकतामा गाँसेर एक जना नयाँ मानिस बनाउन+ र तिनीहरूबीच शान्ति कायम गर्न सकियोस्
-
-
कलस्सी २:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ यसबाहेक तिमीहरू आ-आफ्ना अपराधहरूले गर्दा मरेका थियौ र तिमीहरूको शरीर खतना नभएको अवस्थामा थियो तर परमेश्वरले तिमीहरूलाई फेरि जीवित बनाएर ख्रिष्टसित एकतामा ल्याउनुभयो।+ परमेश्वरले दयापूर्वक हाम्रा सबै अपराध क्षमा गर्नुभयो+ १४ र हातले लेखिएको व्यवस्थालाई मेटाउनुभयो,+ जसमा आदेशहरू थिए+ अनि जुन हाम्रो विरुद्धमा थियो।+ उहाँले त्यसलाई यातनाको खम्बामा* किलाले ठोकेर रद्द गर्नुभयो।+
-