३८ किनकि विश्वासघाती र पापी पुस्तामाझ मेरो चेला बन्न र मेरा वचनहरूमा विश्वास गर्न जसले सरम मान्छ, मानिसको छोराले पनि आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना पवित्र स्वर्गदूतहरू लिएर आउँदा+ उसलाई स्विकार्न सरम मान्नेछ।”+
८ त्यसैले हाम्रा प्रभुको विषयमा साक्षी दिन सरम नमान+ अनि उहाँको निम्ति कैदमा परेको मेरो कारणले पनि सरम नमान बरु परमेश्वरको शक्तिमा भर परेर+ मैले जस्तै तिमीले पनि सुसमाचारको निम्ति कष्ट भोग।+