-
उत्पत्ति ३९:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० उनी हरेक दिन युसुफलाई फकाउन खोज्थिन् तर युसुफ उनीसित सुत्न वा समय बिताउन पटक्कै मान्दैनथे। ११ एकदिन कामको सिलसिलामा युसुफ घरभित्र पसे। त्यतिखेर त्यहाँ अरू नोकरचाकर कोही थिएनन्। १२ त्यसैले पोतिफरकी पत्नीले युसुफको लुगा तान्दै भनिन्: “मसित सुत!” तब युसुफ आफ्नो लुगा पोतिफरकी पत्नीको हातैमा छोडेर कुलेलाम ठोके।
-