२४ तर परमेश्वरले आफ्नो असीम अनुग्रह+ देखाएर सित्तैँमा उपहारस्वरूप तिनीहरूलाई आफ्नो नजरमा धर्मी ठहराउनुभयो।+ ख्रिष्ट येसुले तिर्नुभएको फिरौतीद्वारा मुक्त गरेर उहाँले तिनीहरूलाई यसरी धर्मी ठहराउनुभयो।+
१३ उहाँले हामीलाई अन्धकारको शक्तिबाट+ छुटाएर आफ्नो प्यारो छोराको राज्यमा पुऱ्याउनुभयो, १४ जसले तिर्नुभएको फिरौतीद्वारा हामी मुक्त भयौँ अर्थात् हामीले आफ्ना पापहरूको क्षमा पायौँ।+