-
रोमी १६:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ अब हे भाइ हो, म तिमीहरूलाई आग्रह गर्छु, तिमीहरूले त्यस्ता मानिसहरूमाथि नजर राख, जसले फूट गराउँछन् र तिमीहरूले सिकेको शिक्षाभन्दा विपरीत कुरा गरेर ठेस पुऱ्याउँछन्। यिनीहरूबाट टाढै बस+ १८ किनकि यस्ता मानिसहरू हाम्रा प्रभु ख्रिष्टका होइनन् तर आफ्नै लालसाका* दासहरू हुन् अनि तिनीहरूले चिप्ला कुरा गरेर अनि फुरुक्क पार्ने बोलीद्वारा सिधासादाहरूको हृदयलाई बहकाउँछन्।
-
-
२ पत्रुस २:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ जसरी इस्राएलका मानिसहरूबीच झूटा भविष्यवक्ताहरू खडा भएका थिए, त्यसरी नै तिमीहरूमाझ पनि झूटा शिक्षकहरू देखा पर्नेछन्।+ कसैले चाल नपाउनेगरि तिनीहरूले तिमीहरूको विश्वासलाई हानि पुऱ्याउने गुटहरू खडा गर्नेछन् र आफूलाई किन्ने मालिकलाई+ समेत तिनीहरूले इन्कार गर्नेछन् अनि यी सब गरेर तिनीहरूले आफ्नो विनाश छिट्टै निम्त्याउनेछन्।
-