३ हो, उहाँलाई ध्यान दिएर हेर, जसले पापीहरूको मुखबाट यस्ता दुर्वचन सहनुभयो,+ जसद्वारा तिनीहरू आफै दोषी ठहरिए। यसो गऱ्यौ भने तिमीहरू थाकेर हरेस खानेछैनौ।+
१० तिमीले भोग्न लागेका कुराहरूदेखि नडराऊ।+ हेर! तिमीहरूको पूर्ण रूपमा जाँच होस् र तिमीहरूले दस दिन सङ्कष्ट भोग भनेर दियाबलले तिमीहरूमध्ये कोही-कोहीलाई बारम्बार झ्यालखानामा हाल्नेछ। मृत्युसम्मै आफूलाई विश्वासी साबित गर अनि म तिमीलाई जीवनको मुकुट दिनेछु।+