-
रोमी ३:२०-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसैले व्यवस्था पालन गरेर कोही मानिस उहाँसामु धर्मी ठहरिन सक्दैन+ किनकि पाप के हो, त्यसको सही ज्ञान व्यवस्थाबाट पाउन सकिन्छ।+
२१ तर अब व्यवस्था पालन नगरीकन पनि परमेश्वरको नजरमा धर्मी ठहरिन सकिन्छ भनेर प्रकट भएको छ,+ जसको साक्षी मोसाको व्यवस्था र भविष्यवक्ताहरूको लेखोट छन्।+ २२ येसु ख्रिष्टमा विश्वास गरेर परमेश्वरको नजरमा धर्मी ठहरिन सकिन्छ। हो, विश्वास हुनेजति सबै जना धर्मी ठहरिन सक्छन्। यसमा कुनै भेदभाव छैन।+
-