-
कलस्सी १:२५-२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ परमेश्वरले मलाई दिनुभएको भण्डारेको जिम्मेवारीबमोजिम+ म यस मण्डलीको सेवक भएँ ताकि तिमीहरूको हितको लागि परमेश्वरको वचन पूर्णतया प्रचार गर्न सकूँ, २६ जसमा त्यो पवित्र रहस्य+ पनि समावेश छ, जुन युगौँयुग* अनि पुस्तौँपुस्तादेखि लुकाइराखिएको थियो।+ तर अब भने त्यो रहस्य उहाँका पवित्र जनहरूलाई प्रकट गरिएको छ।+ २७ जातिजातिका मानिसहरूमाझ प्रकट गरिएको यो अनमोल धन अर्थात् पवित्र रहस्य पवित्र जनहरूलाई प्रकट गर्न परमेश्वरलाई असल लाग्यो।+ यो रहस्य ख्रिष्ट हुनुहुन्छ, जो तिमीहरूसित एकतामा हुनुहुन्छ र जससित महिमित हुने आशा तिमीहरूले राखेका छौ।+
-