-
२ तिमोथि २:१६-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूलाई तिरस्कार गर+ किनकि त्यस्तो बोलीले झनै भक्तिहीन कामहरूतर्फ पुऱ्याउँछ १७ अनि त्यस्तो बोली सइनजस्तै फैलनेछ। हाइमेनियस र फिलेतस त्यस्तो बोली फैलाउनेहरूमध्येका हुन्।+ १८ यी मानिसहरू सत्यबाट तर्केका छन् र मरेकाहरूलाई फेरि जीवित पार्ने काम भइसक्यो भनेर सिकाउँछन्;+ यसरी तिनीहरूले कसै-कसैको विश्वास ध्वस्त पारिरहेका छन्।
-
-
२ पत्रुस २:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ जसरी इस्राएलका मानिसहरूबीच झूटा भविष्यवक्ताहरू खडा भएका थिए, त्यसरी नै तिमीहरूमाझ पनि झूटा शिक्षकहरू देखा पर्नेछन्।+ कसैले चाल नपाउनेगरि तिनीहरूले तिमीहरूको विश्वासलाई हानि पुऱ्याउने गुटहरू खडा गर्नेछन् र आफूलाई किन्ने मालिकलाई+ समेत तिनीहरूले इन्कार गर्नेछन् अनि यी सब गरेर तिनीहरूले आफ्नो विनाश छिट्टै निम्त्याउनेछन्।
-
-
१ युहन्ना २:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ हे साना केटाकेटी हो, यो आखिरी समय हो। ख्रिष्ट-विरोधी आउँदै छ भनेर तिमीहरूले सुनेअनुसारै+ अहिले पनि धेरै जना ख्रिष्ट-विरोधी देखा परेका छन्;+ यसैबाट यो आखिरी समय हो भनेर हामी थाह पाउँछौँ। १९ तिनीहरू हामीबाट निस्केर गए तर तिनीहरू हामीजस्ता थिएनन्*+ किनकि तिनीहरू हामीजस्ता भएका भए तिनीहरू हामीसितै रहने थिए। तर सबै जना हामीजस्ता छैनन् भन्ने कुरा देखियोस् भनेर नै तिनीहरू निस्केर गए।+
-