१३हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्+ किनकि परमेश्वरको अनुमतिविना कुनै अख्तियार चल्दैन।+ अनि जो-जो अख्तियारमा छन्, तिनीहरूलाई परमेश्वरले आफ्नो अधीनमा विभिन्न ओहदामा राख्नुभएको हो।+
१३ प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन् १४ वा चाहे राज्यपालहरूको किनकि तिनीहरू कुकर्मीहरूलाई सजाय दिन तर असल काम गर्नेहरूको प्रशंसा गर्न राजाले पठाएका मानिसहरू हुन्।+