-
प्रस्थान २४:६-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अनि मोसाले बलि चढाइएको जनावरको आधा रगत कचौराहरूमा हाले र आधा रगतचाहिँ वेदीमा छर्के। ७ त्यसपछि तिनले करारको पुस्तक* लिए र मानिसहरूसामु ठूलो स्वरले पढेर सुनाए।+ यो सुनेर तिनीहरूले यसो भने: “यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा मान्न हामी तयार छौँ र हामी आज्ञाकारी हुनेछौँ।”+ ८ अनि मोसाले रगत लिएर मानिसहरूमाथि छर्के+ र यसो भने, “तिमीहरूले भर्खरै सुनेको कुराअनुसार यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारलाई यो रगतले पक्का गर्छ।”+
-