५ पवित्र सेवा चढाइरहेका ती पुजारीहरू स्वर्गका कुराहरूको नमुना र छाया हुन्;+ जस्तो कि मोसाले पनि पाल बनाउन लाग्दा परमेश्वरबाट यस्तो आज्ञा पाएका थिए: “हेर, मैले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै तिमीले यी सबै दुरुस्त बनाउनू।”+
९ यो पाल अहिलेको समयको लागि नमुना हो+ अनि यही प्रबन्धअनुसार भेटी र बलिदानहरू अझै पनि चढाइँदै छ।+ तथापि यी कुराहरूले पवित्र सेवा चढाउने मानिसको अन्तस्करण पूर्ण रूपले सफा बनाउन सक्दैन।+