प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १४:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले सिमसोन आफ्ना बुबाआमासँगै तिम्नाह गए। तिनी तिम्नाहमा भएको अङ्‌गुर बगानमा पुगेपछि अचानक एउटा सिंह गर्जँदै तिनलाई झम्टन आयो। ६ तब यहोवा परमेश्‍वरको पवित्र शक्‍ति सिमसोनमाथि आयो+ र कसैले बाख्राको पाठोलाई हातैले दुई फ्याक पारेझैँ तिनले त्यस सिंहलाई दुई फ्याक पारिदिए। तर तिनले यसबारे आफ्ना बुबा वा आमालाई केही भनेनन्‌।

  • १ समुएल १७:३४-३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसपछि दाउदले साउललाई भने: “तपाईँको यो सेवक आफ्नो बुबाको भेडा-गोठालो पनि हो। एक पटक सिंहले+ र अर्को पटक भालुले बगालबाट भेडा लगेको थियो। ३५ दुवै पटक म ती जनावरको पछिपछि गएँ र तिनीहरूलाई प्रहार गरेँ। अनि तिनीहरूको मुखबाट मेरो भेडा खोसेँ। ती जनावरले मलाई हमला गर्न खोज्दा मैले तिनीहरूको चिउँडोमा च्याप्प समातेँ र कुटीकुटी मारेँ। ३६ तपाईँको यस सेवकले सिंह र भालु दुवैलाई माऱ्‍यो। त्यो बेखतने पलिस्तियालीको हालत पनि ती जनावरहरूको जस्तै हुनेछ। किनकि त्यस पलिस्तियालीले जीवित परमेश्‍वरको+ सेनालाई चुनौती दिएको छ।”

  • दानिएल ६:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ दानिएलले तुरुन्तै राजालाई जवाफ दिए: “महाराज अमर रहून्‌! २२ मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूतलाई पठाएर सिंहहरूको मुख थुनिदिनुभयो।+ त्यसैले सिंहहरूले मलाई केही हानि गरेनन्‌।+ किनकि म परमेश्‍वरको नजरमा निर्दोष ठहरिएँ अनि महाराज, मैले हजुरको नोक्सान हुने कुनै काम गरेको छैनँ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने