-
मत्ति ५:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ: ‘तिमीहरूले हत्या नगर्नू+ तर जसले हत्या गर्छ, ऊ अदालतसामु जबाफदेही हुनेछ।’+ २२ तर म तिमीहरूलाई भन्छु, जो आफ्नो भाइसित क्रोधित भइरहन्छ,+ ऊ अदालतसामु जबाफदेही हुनेछ अनि जसले अपशब्द बोलेर आफ्नो भाइको अपमान गर्छ, ऊ सर्वोच्च अदालतसामु जबाफदेही हुनेछ र जसले आफ्नो भाइलाई ‘ए नालायक बेवकुफ!’ भन्छ, ऊ गेहेन्नाको* आगोमा फालिन लायकको हुनेछ।+
-