-
यर्मिया १५:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि तिनीहरूले ‘हामी कहाँ जाऔँ’ भनेर सोधे भने तिमीले यस्तो जवाफ दिनू, ‘यहोवा यसो भन्नुहुन्छ:
“ज-जसलाई महामारीको निम्ति छुट्ट्याइएको छ, तिनीहरू महामारीले मारिऊन्!
ज-जसलाई तरबारको निम्ति छुट्ट्याइएको छ, तिनीहरू तरबारले काटिऊन्!+
ज-जसलाई अनिकालको निम्ति छुट्ट्याइएको छ, तिनीहरू अनिकालले मरून्!
ज-जसलाई कैदको निम्ति छुट्ट्याइएको छ, तिनीहरू कैदमा परून्!”’+
३ “यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूमाथि चार वटा विपत्ति* ल्याउनेछु:+ तिनीहरूलाई मार्न तरबार, तिनीहरूका लासलाई तानेर लैजान कुकुरहरू, तिनीहरूलाई निल्न र नाश गर्न आकाशका चराचुरुङ्गी र पृथ्वीका जनावरहरू।+
-