प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • अब्राहाम थुप्रै जातिका पुर्खा बन्‍नेछन्‌ (१-८)

        • अब्रामलाई अब्राहाम नाम दिइन्छ (५)

      • खतनाको करार (९-१४)

      • साराईलाई सारा नाम दिइन्छ (१५-१७)

      • छोरा इसहाक जन्मने प्रतिज्ञा (१८-२७)

उत्पत्ति १७:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

उत्पत्ति १७:२

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८; भज १०५:८-११
  • +उत्प २२:१७; व्य १:१०; हिब्रू ११:११, १२

उत्पत्ति १७:४

मार्जिनल रेफरेन्स

  • +भज १०५:९-११
  • +उत्प १३:१६; रोमी ४:१७

उत्पत्ति १७:५

फुटनोट

  • *

    यसको अर्थ हो, “बुबा महान्‌ हुनुहुन्छ (उच्च पारिनुभएको छ)।”

  • *

    यसको अर्थ हो, “असङ्‌ख्य मानिसका बुबा; धेरैको बुबा।”

उत्पत्ति १७:६

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:१०, ११

उत्पत्ति १७:७

मार्जिनल रेफरेन्स

  • +लुका १:७२, ७३

उत्पत्ति १७:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:४; हिब्रू ११:८, ९
  • +व्य १४:२

उत्पत्ति १७:१०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प २१:४; रोमी २:२९

उत्पत्ति १७:११

मार्जिनल रेफरेन्स

  • +प्रे ७:८; रोमी ४:११

उत्पत्ति १७:१२

मार्जिनल रेफरेन्स

  • +लुका २:२१

उत्पत्ति १७:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:४४

उत्पत्ति १७:१४

फुटनोट

  • *

    वा “मारिनै पर्छ।”

उत्पत्ति १७:१५

फुटनोट

  • *

    यसको अर्थ “झगडालु” हुन सक्छ।

  • *

    यसको अर्थ हो, “राजकुमारी।”

मार्जिनल रेफरेन्स

  • +उत्प ११:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ५ २०१७ पृ. १४

उत्पत्ति १७:१६

मार्जिनल रेफरेन्स

  • +उत्प १८:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ५ २०१७ पृ. १४

उत्पत्ति १७:१७

मार्जिनल रेफरेन्स

  • +उत्प १८:१२
  • +रोमी ४:१९; हिब्रू ११:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ५ २०१७ पृ. १४

उत्पत्ति १७:१८

मार्जिनल रेफरेन्स

  • +उत्प १६:११

उत्पत्ति १७:१९

फुटनोट

  • *

    यसको अर्थ हो, “हाँसो।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १:२
  • +उत्प २६:२४

उत्पत्ति १७:२०

मार्जिनल रेफरेन्स

  • +उत्प १६:१०; २१:१३, १८; २५:१३-१६; १इ १:२९-३१

उत्पत्ति १७:२१

मार्जिनल रेफरेन्स

  • +उत्प २६:३; हिब्रू ११:८, ९
  • +उत्प १८:१०, १४; २१:१

उत्पत्ति १७:२३

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१३

उत्पत्ति १७:२४

मार्जिनल रेफरेन्स

  • +प्रे ७:८; रोमी ४:११

उत्पत्ति १७:२५

मार्जिनल रेफरेन्स

  • +उत्प १६:१६

अरू

उत्प. १७:२उत्प १५:१८; भज १०५:८-११
उत्प. १७:२उत्प २२:१७; व्य १:१०; हिब्रू ११:११, १२
उत्प. १७:४भज १०५:९-११
उत्प. १७:४उत्प १३:१६; रोमी ४:१७
उत्प. १७:६उत्प ३५:१०, ११
उत्प. १७:७लुका १:७२, ७३
उत्प. १७:८प्रस्थ ६:४; हिब्रू ११:८, ९
उत्प. १७:८व्य १४:२
उत्प. १७:१०उत्प २१:४; रोमी २:२९
उत्प. १७:११प्रे ७:८; रोमी ४:११
उत्प. १७:१२लुका २:२१
उत्प. १७:१३प्रस्थ १२:४४
उत्प. १७:१५उत्प ११:२९
उत्प. १७:१६उत्प १८:१०
उत्प. १७:१७उत्प १८:१२
उत्प. १७:१७रोमी ४:१९; हिब्रू ११:११
उत्प. १७:१८उत्प १६:११
उत्प. १७:१९मत्ति १:२
उत्प. १७:१९उत्प २६:२४
उत्प. १७:२०उत्प १६:१०; २१:१३, १८; २५:१३-१६; १इ १:२९-३१
उत्प. १७:२१उत्प २६:३; हिब्रू ११:८, ९
उत्प. १७:२१उत्प १८:१०, १४; २१:१
उत्प. १७:२३उत्प १७:१३
उत्प. १७:२४प्रे ७:८; रोमी ४:११
उत्प. १७:२५उत्प १६:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति १७:१-२७

उत्पत्ति

१७ अब्राम ९९ वर्षको हुँदा यहोवा परमेश्‍वर तिनीकहाँ प्रकट हुनुभयो र भन्‍नुभयो: “म सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुँ। सधैँ मैले देखाएको बाटोमा हिँड अनि निर्दोष जीवन बिताऊ। २ म तिमीसित करार गर्नेछु+ अनि तिम्रा सन्तानलाई कसैले गन्‍नै नसक्नेगरि धेरै बनाउनेछु।”+

३ त्यसपछि अब्राम भुईँमा घोप्टो परे। परमेश्‍वरले तिनलाई अझै भन्‍नुभयो: ४ “हेर, मैले तिमीसित करार गरेको छु+ र तिमी थुप्रै जातिका पुर्खा हुनेछौ।+ ५ अबदेखि तिम्रो नाम अब्राम* होइन तर अब्राहाम* हुनेछ किनकि म तिमीलाई थुप्रै जातिका पुर्खा बनाउनेछु। ६ तिम्रा सन्तान बढ्‌दै जानेछन्‌ अनि थुप्रै जाति बन्‍नेछन्‌। तिम्रै सन्तानबाट थुप्रै राजा आउनेछन्‌।+

७ “तिमी र तिम्रा सन्तान-दरसन्तानसित गरेको कहिल्यै नटुट्‌ने यो करार म पूरा गर्नेछु।+ म तिम्रो र तिम्रा सन्तानको परमेश्‍वर हुनेछु। ८ तिमी अहिले परदेशी भएर बसिरहेको यो कनान देशको सबै जग्गाजमिन म तिमीलाई र पछि आउने तिम्रा सन्तानलाई दिनेछु।+ यो सधैँभरिका लागि तिनीहरूकै सम्पत्ति हुनेछ र म तिनीहरूका परमेश्‍वर हुनेछु।”+

९ परमेश्‍वरले अब्राहामलाई अझै भन्‍नुभयो: “मैले तिमीसित गरेको यो करार तिमी र तिम्रा सन्तानले पुस्तौँपुस्तासम्म कायम राख्नुपर्छ। १० तिमी र मबीच गरिएको यो करार पूरा गर्न तिमी र तिम्रा सन्तानले यसो गर्नुपर्छ: तिमीकहाँ भएका प्रत्येक पुरुषले खतना* गर्नुपर्छ।+ ११ तिमीले पनि खतना गर्नुपर्छ। किनकि यो तिमी र मबीच गरिएको करारको चिन्ह हो।+ १२ तिम्रो घरमा जन्मेको हरेक बालक आठ दिनको भएपछि उसको खतना गर्नुपर्छ।+ विदेशीसित पैसा तिरेर किनिएका सबै दासको पनि खतना गर्नुपर्छ। यो आज्ञा सधैँ पालन गर्नू। १३ तिम्रो घरमा जन्मेका र विदेशीसित पैसा तिरेर किनिएका सबै दासको खतना गर्नुपर्छ।+ अनि तिम्रो शरीरमा भएको यो चिन्ह तिमीसित गरेको चिरस्थायी करारको प्रमाण हुनेछ। १४ यदि कुनै पुरुषले खतना गरेन भने त्यसलाई समुदायबाट हटाइनै पर्छ* किनभने त्यसले मेरो करार भङ्‌ग गरेको हुन्छ।”

१५ त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो: “अबदेखि तिमीले आफ्नी पत्नीलाई साराई*+ भनेर नबोलाउनू किनभने तिनको नाम सारा* हुनेछ। १६ म तिनलाई आशिष्‌ दिनेछु र तिनीबाट तिम्रो एउटा छोरा हुनेछ।+ तिनी थुप्रै जातिकी आमा र थुप्रै राजाकी पुर्खा हुनेछिन्‌।” १७ यो सुनेर अब्राहाम भुईँमा घोप्टो परे अनि मनमनै यसो भनेर हाँसे:+ “म १०० वर्ष पुगेको बूढोको पनि बच्चा होला र? अनि ९० वर्ष पुगेकी साराले बच्चा जन्माउन सक्लिन्‌ र?”+

१८ अनि अब्राहामले साँचो परमेश्‍वरलाई भने: “बिन्ती छ, इस्माएललाई आशिष्‌ दिनुहोस्‌!”+ १९ तर परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “तिम्री पत्नी साराले निश्‍चय एउटा छोरा जन्माउनेछिन्‌ र तिमीले तिनको नाम इसहाक* राख्नू।+ म तिम्रो छोरा अनि तिनका सन्तानसित पनि कहिल्यै नटुट्‌ने यही करार गर्नेछु।+ २० इस्माएलको लागि तिमीले गरेको बिन्ती मैले सुनेँ। हेर, म उनलाई आशिष्‌ दिनेछु। उनका सन्तान पनि बढ्‌दै जानेछन्‌ र उनका सन्तान प्रशस्तै हुनेछन्‌। उनीबाट १२ कुलका नाइकेहरू उत्पन्‍न हुनेछन्‌ र उनीबाट एउटा ठूलो जाति बन्‍नेछ।+ २१ तर म इसहाकसित मात्र करार गर्नेछु।+ अर्को वर्ष यसै बेला साराले इसहाकलाई जन्माउनेछिन्‌।”+

२२ अब्राहामसित कुरा गरिसकेपछि परमेश्‍वर त्यहाँबाट जानुभयो। २३ त्यसपछि अब्राहामले आफ्नो छोरा इस्माएलको अनि आफ्नो घरमा जन्मेका र पैसा तिरेर किनिएका सबै पुरुषको खतना गरे। यसरी परमेश्‍वरले भन्‍नुभएझैँ अब्राहामले आफ्नो घरमा भएका सबै पुरुषको त्यही दिन खतना गरे।+ २४ अब्राहामको खतना गरिँदा तिनी ९९ वर्षका थिए।+ २५ अब्राहामको छोरा इस्माएलको खतना गरिँदा तिनी १३ वर्षका थिए।+ २६ त्यही दिन अब्राहाम र तिनको छोरा इस्माएलको पनि खतना गरियो। २७ अब्राहामको घरमा जन्मेका र पैसा तिरेर विदेशीबाट किनिएका सबै पुरुषको त्यही दिन खतना गरियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने