प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • शोक मनाउने अनुचित तरिका (१, २)

      • शुद्ध र अशुद्ध खानेकुरा (३-२१)

      • यहोवाको लागि दशांश (२२-२९)

व्यवस्था १४:१

मार्जिनल रेफरेन्स

  • +लेवी १९:२८
  • +लेवी २१:१, ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२००४, पृ. २७

व्यवस्था १४:२

फुटनोट

  • *

    वा “अनमोल।”

मार्जिनल रेफरेन्स

  • +लेवी १९:२; २०:२६; व्य २८:९; १प १:१५
  • +प्रस्थ १९:५, ६; व्य ७:६

व्यवस्था १४:३

मार्जिनल रेफरेन्स

  • +लेवी ११:४३; २०:२५; प्रे १०:१४

व्यवस्था १४:४

मार्जिनल रेफरेन्स

  • +लेवी ११:२, ३

व्यवस्था १४:७

मार्जिनल रेफरेन्स

  • +लेवी ११:४-८

व्यवस्था १४:९

मार्जिनल रेफरेन्स

  • +लेवी ११:९, १०

व्यवस्था १४:१२

मार्जिनल रेफरेन्स

  • +लेवी ११:१३-२०

व्यवस्था १४:१५

फुटनोट

  • *

    वा “अस्ट्रिज।”

व्यवस्था १४:१७

फुटनोट

  • *

    एक किसिमको पेलिकन चरा।

व्यवस्था १४:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:३१; लेवी १७:१५
  • +प्रस्थ २३:१९; ३४:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००५, पृ. २७

    ९/१५/२००४, पृ. २६

व्यवस्था १४:२२

फुटनोट

  • *

    वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य १२:११; २६:१२

व्यवस्था १४:२३

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, १७; १५:१९, २०
  • +भज १११:१०

व्यवस्था १४:२४

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, ६

व्यवस्था १४:२६

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

मार्जिनल रेफरेन्स

  • +व्य १२:७; २६:११; भज १००:२

व्यवस्था १४:२७

मार्जिनल रेफरेन्स

  • +गन १८:२१; २इ ३१:४; १कोरि. ९:१३
  • +गन १८:२०; व्य १०:९

व्यवस्था १४:२८

मार्जिनल रेफरेन्स

  • +व्य २६:१२

व्यवस्था १४:२९

फुटनोट

  • *

    वा “बुबा गुमाएका बच्चाहरू।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२१; व्य १०:१८; या १:२७
  • +व्य १५:१०; भज ४१:१; हित ११:२४; १९:१७; मला ३:१०; लुका ६:३५

अरू

व्यव. १४:१लेवी १९:२८
व्यव. १४:१लेवी २१:१, ५
व्यव. १४:२लेवी १९:२; २०:२६; व्य २८:९; १प १:१५
व्यव. १४:२प्रस्थ १९:५, ६; व्य ७:६
व्यव. १४:३लेवी ११:४३; २०:२५; प्रे १०:१४
व्यव. १४:४लेवी ११:२, ३
व्यव. १४:७लेवी ११:४-८
व्यव. १४:९लेवी ११:९, १०
व्यव. १४:१२लेवी ११:१३-२०
व्यव. १४:२१प्रस्थ २२:३१; लेवी १७:१५
व्यव. १४:२१प्रस्थ २३:१९; ३४:२६
व्यव. १४:२२व्य १२:११; २६:१२
व्यव. १४:२३व्य १२:५, १७; १५:१९, २०
व्यव. १४:२३भज १११:१०
व्यव. १४:२४व्य १२:५, ६
व्यव. १४:२६व्य १२:७; २६:११; भज १००:२
व्यव. १४:२७गन १८:२१; २इ ३१:४; १कोरि. ९:१३
व्यव. १४:२७गन १८:२०; व्य १०:९
व्यव. १४:२८व्य २६:१२
व्यव. १४:२९प्रस्थ २२:२१; व्य १०:१८; या १:२७
व्यव. १४:२९व्य १५:१०; भज ४१:१; हित ११:२४; १९:१७; मला ३:१०; लुका ६:३५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था १४:१-२९

व्यवस्था

१४ “तिमीहरू यहोवा परमेश्‍वरका सन्तान हौ। तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि आफ्नो आँखीभुइँ नखौरनू।+ २ किनभने तिमीहरू यहोवा परमेश्‍वरको निम्ति एक पवित्र जाति हौ।+ यहोवा तिमीहरूका परमेश्‍वरले पृथ्वीका सबै जातिमध्ये आफ्नो प्रजा र आफ्नो विशेष* सम्पत्ति बनाउन तिमीहरूलाई रोज्नुभएको छ।+

३ “तिमीहरूले कुनै पनि अशुद्ध कुरा नखानू।+ ४ तिमीहरूले खान हुने जनावर यी हुन्‌:+ बहर, भेडा, बाख्रा, ५ हरिण, मृग, बँराठ, जङ्‌गली बाख्रा, कृष्णसार, जङ्‌गली भेडा अनि पहाडी भेडा। ६ खुर चिरिएको र उग्राउने जनावर तिमीहरूले खान सक्छौ। ७ तिमीहरूले उग्राउने तर खुर नचिरिएका जनावरहरूचाहिँ नखानू। जस्तै: उँट, जङ्‌गली खरायो र भीरखरायो। किनभने यिनीहरू उग्राउँछन्‌ तर यिनीहरूको खुर चिरिएका हुँदैनन्‌। यिनीहरू तिमीहरूका निम्ति अशुद्ध हुन्‌।+ ८ तिमीहरूले सुँगुर पनि नखानू किनभने त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्राउँदैन। त्यो तिमीहरूका लागि अशुद्ध हो। तिमीहरूले त्यसको मासु नखानू वा त्यसको सिनु नछुनू।

९ “तिमीहरूले पानीमा बस्ने पखेटा र कत्ला भएका जीवजन्तु खान सक्छौ।+ १० तर तिमीहरूले पखेटा र कत्ला नभएका जीवजन्तुचाहिँ नखानू। त्यो तिमीहरूका लागि अशुद्ध हो।

११ “तिमीहरूले सबै शुद्ध चराचुरुङ्‌गी खान सक्छौ। १२ तर तिमीहरूले यी चराचुरुङ्‌गी नखानू: चील, मलाहा-चील, कालो गिद्ध,+ १३ रातो चील, कालो चील र सबै किसिमका चील, १४ सबै किसिमका काग, १५ सुतुरमुर्ग,* लाटोकोसेरो, गङ्‌गाचील, सबै किसिमका बाज, १६ सानो खालको लाटोकोसेरो, लामो कान हुने लाटोकोसेरो, राजहाँस, १७ घाउँके हावासील,* गिद्ध, जलेवा, १८ गरुड, सबै किसिमका बकुल्ला, फाप्रेचरा र चमेरो। १९ पखेटा भएका र झुन्डमा रहने किराफट्‌याङ्‌ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्‌। तिमीहरूले ती नखानू। २० तर तिमीहरूले उड्‌न सक्ने सबै शुद्ध जीव खान सक्छौ।

२१ “तिमीहरूले मरिसकेको जनावर भेट्टायौ भने त्यसको मासु नखानू।+ तिमीहरूले त्यो आफ्नै सहरमा बस्ने विदेशीलाई दिन सक्छौ र उसले त्यो खान सक्छ अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। किनभने तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरको निम्ति एक पवित्र जाति हौ।

“तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+

२२ “तिमीहरूले हरेक वर्ष आफ्नो खेतमा हुने सबै उब्जनीबाट दशांश* दिन नबिर्सनू।+ २३ यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न जुन ठाउँ रोज्नुहुन्छ, त्यहाँ तिमीहरूले अन्‍नको, नयाँ मद्यको र तेलको दस भागको एक भाग अनि तिमीहरूका गाईवस्तु र भेडाबाख्राको पहिलो सन्तान उहाँसामु खान सक्छौ।+ यसो गऱ्‍यौ भने तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको सधैँ डर मान्‍न सिक्नेछौ।+

२४ “तर यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँ+ तिमीहरू बसेको ठाउँदेखि टाढा छ र यहोवा तिमीहरूका परमेश्‍वरले प्रशस्त आशिष्‌ दिनुभएकोले तिमीहरूलाई आफ्नो उब्जनीको दशांश त्यहाँसम्म लैजान गाह्रो छ भने २५ त्यो दशांश तिमीहरू बेच्न सक्छौ। त्यसबाट पाएको पैसा लिएर यहोवा तिमीहरूका परमेश्‍वरले रोज्नुभएको ठाउँमा जानू। २६ अनि त्यो पैसाले तिमीहरूले बहर, भेडा, बाख्रा, दाखमद्य,* अरू किसिमको मद्य वा आफूलाई मन लागेको जुनसुकै कुरा किन्‍न सक्छौ। त्यसपछि यहोवा तिमीहरूका परमेश्‍वरसामु आफ्नो घरानासँगै ती खानू र खुसी मनाउनू।+ २७ तिमीहरूले आफ्नो सहरमा बस्ने लेवीहरूको ख्याल राख्न नबिर्सनू+ किनभने तिमीहरूले पैतृक सम्पत्ति वा अंश पाएका छौ तर तिनीहरूले भने केही पाएका छैनन्‌।+

२८ “तिमीहरूले प्रत्येक तीन वर्षको अन्तमा तेस्रो वर्षको उब्जनीको सबै दशांश आफ्नै सहरमा जम्मा गर्नू।+ २९ सहरमा कुनै पैतृक सम्पत्ति वा अंश नपाएका लेवीहरूले अनि विदेशीहरू, अनाथहरू* र विधवाहरूले ती खाऊन्‌ र सन्तुष्ट होऊन्‌।+ यसो गऱ्‍यौ भने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको हरेक काममा आशिष्‌ दिनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने