प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • ए सियोन, जाग! (१-१२)

        • सुसमाचार घोषणा गर्नेहरूको खुट्टा कत्ति सुन्दर! (७)

        • सियोनका पहरेदारहरू एकै स्वरले कराउँछन्‌ (८)

        • यहोवाको भवनको भाँडा बोक्नेहरू शुद्ध हुनुपर्छ (११)

      • यहोवाको सेवकलाई उच्च पारिनेछ (१३-१५)

        • महिमित रूप कुरूप भएको (१४)

यसैया ५२:१

मार्जिनल रेफरेन्स

  • +यसै ५१:१७; हाग्गै २:४
  • +यसै ६१:३
  • +यसै ३५:८; ६०:२१; प्रका २१:२७

यसैया ५२:२

फुटनोट

  • *

    “सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +यसै ५१:१४; ६१:१

यसैया ५२:३

मार्जिनल रेफरेन्स

  • +यसै ५०:१
  • +यसै ४५:१३

यसैया ५२:४

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:५-७

यसैया ५२:५

मार्जिनल रेफरेन्स

  • +भज १३७:३; यर्मि ५०:१७
  • +भज ७४:१०; रोमी २:२४

यसैया ५२:६

मार्जिनल रेफरेन्स

  • +इज २०:४४

यसैया ५२:७

मार्जिनल रेफरेन्स

  • +यसै ४०:९; नहु १:१५; प्रे ८:४; रोमी १०:१५; एफि ६:१४, १५
  • +लुका २:१४; प्रे १०:३६; एफि २:१७
  • +भज ९३:१; यसै ३३:२२; मिका ४:७; मत्ति २४:१४; प्रका ११:१५, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १२६-१२७

    प्रहरीधरहरा,

    ७/१/२००५, पृ. १८-१९

    १२/१५/१९९७, पृ. २१

    ५/१/१९९७, पृ. ११

    ४/१५/१९९७, पृ. २७

    १/१५/१९९७, पृ. १०-११, १२-१३

यसैया ५२:९

मार्जिनल रेफरेन्स

  • +यसै ६१:४
  • +यसै ६६:१३
  • +यसै ४४:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. १२

यसैया ५२:१०

फुटनोट

  • *

    वा “विजयी तुल्याउनुहुँदा।”

मार्जिनल रेफरेन्स

  • +यसै ५१:९
  • +भज २२:२७; यसै ४९:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. १२

यसैया ५२:११

मार्जिनल रेफरेन्स

  • +यसै ४८:२०; यर्मि ५०:८; ५१:६; जक २:६
  • +लेवी ५:२; इज ४४:२३
  • +लेवी १०:३; गन ३:६, ८; एज्रा १:७; ८:३०
  • +२कोरि. ६:१७; प्रका १८:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको प्रेम, पृ. १०६-१०७

    “परमेश्‍वरको प्रेम”, पृ. १०१

    प्रकाशको चरमोत्कर्ष, पृ. २६५-२६६

    प्रहरीधरहरा,

    ३/१/१९९१, पृ. २२

यसैया ५२:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१; १इ १४:१५
  • +यसै ५८:८

यसैया ५२:१३

फुटनोट

  • *

    वा “अन्तर्दृष्टि चलाएर।”

मार्जिनल रेफरेन्स

  • +यसै ४२:१; ६१:१; फिलि २:५-७
  • +भज २:६; ११०:१; यसै ९:६; मत्ति २८:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २४-२५

यसैया ५२:१५

फुटनोट

  • *

    वा “राजाहरूले आफ्नो मुख बन्द गर्नेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +भज २:२
  • +भज २:१०; ७२:११
  • +रोमी १५:२०, २१

अरू

यसै. ५२:१यसै ५१:१७; हाग्गै २:४
यसै. ५२:१यसै ६१:३
यसै. ५२:१यसै ३५:८; ६०:२१; प्रका २१:२७
यसै. ५२:२यसै ५१:१४; ६१:१
यसै. ५२:३यसै ५०:१
यसै. ५२:३यसै ४५:१३
यसै. ५२:४उत्प ४६:५-७
यसै. ५२:५भज १३७:३; यर्मि ५०:१७
यसै. ५२:५भज ७४:१०; रोमी २:२४
यसै. ५२:६इज २०:४४
यसै. ५२:७यसै ४०:९; नहु १:१५; प्रे ८:४; रोमी १०:१५; एफि ६:१४, १५
यसै. ५२:७लुका २:१४; प्रे १०:३६; एफि २:१७
यसै. ५२:७भज ९३:१; यसै ३३:२२; मिका ४:७; मत्ति २४:१४; प्रका ११:१५, १७
यसै. ५२:९यसै ६१:४
यसै. ५२:९यसै ६६:१३
यसै. ५२:९यसै ४४:२३
यसै. ५२:१०यसै ५१:९
यसै. ५२:१०भज २२:२७; यसै ४९:६
यसै. ५२:११यसै ४८:२०; यर्मि ५०:८; ५१:६; जक २:६
यसै. ५२:११लेवी ५:२; इज ४४:२३
यसै. ५२:११लेवी १०:३; गन ३:६, ८; एज्रा १:७; ८:३०
यसै. ५२:११२कोरि. ६:१७; प्रका १८:४
यसै. ५२:१२प्रस्थ १३:२१; १इ १४:१५
यसै. ५२:१२यसै ५८:८
यसै. ५२:१३यसै ४२:१; ६१:१; फिलि २:५-७
यसै. ५२:१३भज २:६; ११०:१; यसै ९:६; मत्ति २८:१८
यसै. ५२:१५भज २:२
यसै. ५२:१५भज २:१०; ७२:११
यसै. ५२:१५रोमी १५:२०, २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ५२:१-१५

यसैया

५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+

ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+

किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+

 २ ए यरुसलेम! धुलो टकटक्याऊ! उठ! माथि आएर बस।

कैद गरेर लगिएकी ए सियोनकी छोरी!* तिम्रो गर्दनको बन्धन खोल।+

 ३ यहोवा यसो भन्‍नुहुन्छ:

“तिमी विनादाम बेचियौ;+

अब म तिमीलाई विनादाम नै छुटाउनेछु।”+

 ४ ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ:

“मेरा मानिसहरू पहिला मिश्रमा गए र त्यहाँ परदेशी भएर बसे+

अनि अस्सेरियालीहरूले तिनीहरूमाथि विनाकारण अत्याचार गरे।”

 ५ यहोवा यसो भन्‍नुहुन्छ: “त्यसोभए यहाँ म के गरूँ?”

यहोवा भन्‍नुहुन्छ: “मेरा मानिसहरू विनादाम लगिएका छन्‌।

मेरा मानिसहरूमाथि शासन गर्नेहरूले जितको हर्षोल्लास मनाइरहेका छन्‌+

अनि दिनभर मेरो नामको अनादर भइरहेको छ।”+

 ६ त्यसैकारण मेरा मानिसहरूले मेरो नाम थाह पाउनै पर्छ,+

तिनीहरूसँग बोल्ने मै हुँ भनेर त्यस दिन मेरा मानिसहरूले थाह पाउनेछन्‌।

हो, तिनीहरूसँग बोल्ने मै हुँ!

 ७ डाँडाहरूमा सुसमाचार घोषणा गर्ने मानिसको खुट्टा कत्ति सुन्दर!+

उसले शान्तिको घोषणा गर्छ,+

ऊ असल कुराको सुसमाचार लिएर आउँछ,

उसले उद्धारको घोषणा गर्छ,

उसले सियोनलाई भन्छ: “तिम्रा परमेश्‍वर राजा हुनुभएको छ!”+

 ८ सुन! तिम्रा पहरेदारहरू खुसीले कराइरहेका छन्‌,

एकै स्वरले तिनीहरू गाइरहेका छन्‌

किनभने यहोवाले सियोनलाई फिर्ता ल्याउनुहुँदा तिनीहरूले आफ्नै आँखाले त्यो देख्नेछन्‌।

 ९ ए यरुसलेमका भग्नावशेष हो, खुसी होओ! एकै स्वरले गाओ!+

किनभने यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ;+

उहाँले यरुसलेमलाई मोल तिरेर छुटाउनुभएको छ।+

१० सबै देशको अगाडि यहोवाले आफ्नो पवित्र पाखुरा सुर्काउनुभएको छ;+

हाम्रा परमेश्‍वरले उद्धार गर्नुहुँदा* पृथ्वीको कुनाकुनासम्म सबैलाई थाह हुनेछ।+

११ निस्केर आओ! निस्केर आओ! त्यहाँबाट निस्केर आओ!+ अशुद्ध कुरा नछोओ!+

हे यहोवाको भवनका भाँडा बोक्ने मानिसहरू हो,+

त्यसको बीचबाट निस्केर आओ,+ तिमीहरू शुद्ध रहिरहो!

१२ तिमीहरू त्यहाँबाट अतालिँदै निस्कनुपर्दैन

अनि त्यहाँबाट भाग्नु पनि पर्दैन।

किनभने यहोवा तिमीहरूभन्दा अघिअघि जानुहुनेछ;+

इस्राएलका परमेश्‍वरले तिमीहरूलाई पछिल्तिरबाट पनि रक्षा गर्नुहुनेछ।+

१३ हेर! मेरो सेवकले+ बुद्धिमान्‌ भएर* काम गर्नेछ,

उसलाई उच्च पारिनेछ,

उसलाई सम्मान र महिमा दिइनेछ।+

१४ उसलाई देखेर मानिसहरू छक्क परेका थिए

किनभने उसको हालत सबै मानिसको भन्दा खराब भएको थियो,

उसको महिमित रूप सबै मानिसको भन्दा कुरूप भएको थियो।

१५ उसलाई देखेर देशहरू त्यसरी नै अचम्ममा पर्नेछन्‌,+

उसको अगाडि राजाहरू बोल्नै सक्नेछैनन्‌।*+

किनभने तिनीहरूले यस्तो कुरा देख्नेछन्‌, जुन तिनीहरूलाई बताइएकै थिएन।

तिनीहरूले यस्तो कुरा विचार गर्नेछन्‌, जुन तिनीहरूले सुनेकै थिएनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने