प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • मोसाको जन्म (१-४)

      • फारोकी छोरी मोसालाई आफ्नो छोरा बनाउँछिन्‌ (५-१०)

      • मोसा भागेर मिद्यान जान्छन्‌ र सिप्पोरासित विवाह गर्छन्‌ (११-२२)

      • परमेश्‍वर इस्राएलीहरूको सुस्केरा सुन्‍नुहुन्छ (२३-२५)

प्रस्थान २:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:२०; गन २६:५९

प्रस्थान २:२

मार्जिनल रेफरेन्स

  • +प्रे ७:२०; हिब्रू ११:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ३०

प्रस्थान २:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    कालो रङको बाक्लो कच्चा पेट्रोलियम पदार्थ।

मार्जिनल रेफरेन्स

  • +प्रे ७:१८, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००२, पृ. ९

    ५/१/१९९७, पृ. ३०

प्रस्थान २:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:२०; १इ ६:३; मिका ६:४

प्रस्थान २:५

मार्जिनल रेफरेन्स

  • +प्रे ७:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ३०

प्रस्थान २:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००२, पृ. ९

    ५/१/१९९७, पृ. ३०

प्रस्थान २:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००२, पृ. ९-११

प्रस्थान २:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००२, पृ. ९-१०

प्रस्थान २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००२, पृ. १०-११

    ५/१/१९९७, पृ. ३०-३१

प्रस्थान २:१०

फुटनोट

  • *

    यसको अर्थ हो, “निकालिएको।” अर्थात्‌, पानीबाट बचाइएको।

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:२४, २५
  • +प्रे ७:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२००२, पृ. १०

    ५/१/१९९७, पृ. ३१

प्रस्थान २:११

फुटनोट

  • *

    वा “मोसा हुर्केर झन्‌झनै बलियो हुँदै गएपछि।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १:११; ३:७; प्रे ७:२३

प्रस्थान २:१२

मार्जिनल रेफरेन्स

  • +प्रे ७:२४

प्रस्थान २:१३

मार्जिनल रेफरेन्स

  • +प्रे ७:२६

प्रस्थान २:१४

मार्जिनल रेफरेन्स

  • +प्रे ७:२७, २८

प्रस्थान २:१५

मार्जिनल रेफरेन्स

  • +उत्प २५:१, २; प्रस्थ ३:१; ४:१९

प्रस्थान २:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:१२

प्रस्थान २:१७

फुटनोट

  • *

    वा “सुरक्षा दिए।”

प्रस्थान २:१८

फुटनोट

  • *

    अर्थात्‌, यिथ्रोले।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:१८; १८:१; गन १०:२९

प्रस्थान २:१९

मार्जिनल रेफरेन्स

  • +प्रे ७:२२

प्रस्थान २:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२-४; गन १२:१

प्रस्थान २:२२

फुटनोट

  • *

    यसको अर्थ हो, “त्यहाँ बस्ने प्रवासी।”

मार्जिनल रेफरेन्स

  • +१इ २३:१५
  • +प्रे ७:२९

प्रस्थान २:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:७; प्रे ७:३०
  • +प्रस्थ ३:७; १रा ८:५१

प्रस्थान २:२४

मार्जिनल रेफरेन्स

  • +प्रे ७:३४
  • +उत्प १५:१३, १४; प्रस्थ ६:५; गन २०:१५, १६

अरू

प्रस्थ. २:१प्रस्थ ६:२०; गन २६:५९
प्रस्थ. २:२प्रे ७:२०; हिब्रू ११:२३
प्रस्थ. २:३प्रे ७:१८, १९
प्रस्थ. २:४प्रस्थ १५:२०; १इ ६:३; मिका ६:४
प्रस्थ. २:५प्रे ७:२१
प्रस्थ. २:८प्रस्थ ६:२०
प्रस्थ. २:१०हिब्रू ११:२४, २५
प्रस्थ. २:१०प्रे ७:२१
प्रस्थ. २:११प्रस्थ १:११; ३:७; प्रे ७:२३
प्रस्थ. २:१२प्रे ७:२४
प्रस्थ. २:१३प्रे ७:२६
प्रस्थ. २:१४प्रे ७:२७, २८
प्रस्थ. २:१५उत्प २५:१, २; प्रस्थ ३:१; ४:१९
प्रस्थ. २:१६प्रस्थ १८:१२
प्रस्थ. २:१८प्रस्थ ४:१८; १८:१; गन १०:२९
प्रस्थ. २:१९प्रे ७:२२
प्रस्थ. २:२१प्रस्थ १८:२-४; गन १२:१
प्रस्थ. २:२२१इ २३:१५
प्रस्थ. २:२२प्रे ७:२९
प्रस्थ. २:२३प्रस्थ ७:७; प्रे ७:३०
प्रस्थ. २:२३प्रस्थ ३:७; १रा ८:५१
प्रस्थ. २:२४प्रे ७:३४
प्रस्थ. २:२४उत्प १५:१३, १४; प्रस्थ ६:५; गन २०:१५, १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान २:१-२५

प्रस्थान

२ त्यही समयतिर लेविको कुलको एक जना पुरुषले लेविको कुलकै एउटी स्त्रीसित विवाह गरे।+ २ अनि ती स्त्री गर्भवती भइन्‌ र एउटा छोरा जन्माइन्‌। त्यो छोरा असाध्यै सुन्दर भएकोले तिनले उसलाई तीन महिनासम्म लुकाइराखिन्‌।+ ३ तर बालकलाई लुकाइराख्न गाह्रो भएपछि+ तिनले मालिङ्‌गोको* टोकरीलाई बिटुमिनले* लिपिन्‌ अनि बालकलाई त्यसमा सुताइन्‌। त्यसपछि नाइल नदीको किनारामा भएका नर्कटहरूको बीचमा त्यो टोकरी छोडिदिइन्‌। ४ ती बालककी दिदीचाहिँ+ आफ्नो भाइलाई के होला भनेर हेर्न टाढै उभिरहिन्‌।

५ फारोकी छोरी नाइल नदीमा नुहाउन जाँदा उनका सुसारेहरू नदीको छेउछेउमा हिँडिरहेका थिए। फारोकी छोरीले झाडीहरूको बीचमा एउटा टोकरी देखिन्‌ र तुरुन्तै आफ्नी दासीलाई त्यो लिन पठाइन्‌।+ ६ टोकरी खोलेर हेर्दा त्यसमा बच्चा पो रहेछ! बच्चा रोइरहेको थियो। बच्चालाई देखेर फारोकी छोरीले भनिन्‌: “यो त हिब्रूहरूको छोरा हो।” तैपनि उनलाई साह्रै माया लाग्यो। ७ तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्‌: “यो सानो बाबुलाई दूध खुवाउन हिब्रू धाईआमा बोलाएर ल्याऊँ?” ८ फारोकी छोरीले भनिन्‌: “हुन्छ, ल्याऊ!” त्यो केटी तुरुन्तै गई र बालककी आमालाई बोलाएर ल्याई।+ ९ फारोकी छोरीले तिनलाई भनिन्‌: “यो बच्चा लिएर जाऊ अनि उसलाई दूध खुवाऊ। म तिमीलाई ज्याला दिनेछु।” त्यसैले ती स्त्रीले त्यो बच्चा लिएर गइन्‌ र उसलाई दूध खुवाउने गरिन्‌। १० बालक हुर्केर ठूलो भएपछि तिनले उसलाई फारोकी छोरीकहाँ लगिन्‌। अनि फारोकी छोरीले उसलाई आफ्नो छोराजस्तै गरी पालिन्‌।+ उनले बच्चाको नाम मोसा* राखिन्‌ र यसो भनिन्‌: “किनभने मैले उसलाई पानीबाट निकालेकी हुँ।”+

११ मोसा वयस्क भएपछि* एकदिन आफ्ना हिब्रू भाइबन्धु भएतिर गए र तिनीहरूले साह्रै दुःख भोगिरहेको देखे।+ एक जना मिश्रीले एक जना हिब्रूलाई कुटिरहेको तिनले आफ्नै आँखाले देखे। १२ तिनले यताउता हेरे अनि वरपर कोही पनि नदेखेपछि त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए।+

१३ अनि भोलिपल्ट बाहिर जाँदा तिनले दुई जना हिब्रू आपसमा झगडा गरिरहेको देखे। त्यसैले गल्ती गर्ने हिब्रूलाई तिनले भने: “तिमी किन आफ्नै मान्छेलाई कुट्‌दै छौ?”+ १४ उसले भन्यो: “तिमी कहिलेदेखि हाम्रो राजा र न्यायकर्ता भयौ? त्यो मिश्रीलाई मारेझैँ कतै तिमी मलाई पनि मार्ने सुरमा त छैनौ?”+ यो सुनेर मोसा डराए अनि मनमनै भने: “ओहो, यो कुरा त सबैलाई थाह भइसकेछ!”

१५ त्यो कुरा फारोको कानमा पनि पुग्यो र उनले मोसालाई मार्न खोजे। तर मोसा भागेर मिद्यानीहरूको देशमा गए।+ त्यहाँ पुगेपछि तिनी एउटा इनारनेर थचक्क बसे। १६ मिद्यान देशका पुजारीका+ सात वटी छोरी थिए। आफ्नो बुबाको बगाललाई पानी खुवाउन तिनीहरूले इनारबाट पानी तानेर डुँड भर्न लागे। १७ तब पहिलेजस्तै गोठालाहरू आए अनि ती केटीहरू र बगाललाई धपाउन थाले। तर मोसा उठे र ती केटीहरूलाई मदत गरे।* त्यसपछि इनारबाट पानी तानेर बगाललाई खुवाए। १८ घर फर्केपछि तिनीहरूका बुबा रुएलले*+ छक्क पर्दै सोधे: “तिमीहरू कसरी आज यति चाँडो फर्क्यौ?” १९ तिनीहरूले जवाफ दिए: “एक जना मिश्रीले+ हामीलाई गोठालोहरूबाट बचाए, यहाँसम्म कि तिनले पानी तानेर हाम्रो पूरै बगाललाई खुवाए।” २० उनले छोरीहरूलाई भने: “खै त, ऊ कहाँ छ? तिमीहरूले उसलाई किन सँगै ल्याएनौ? जाओ, उसलाई बोलाएर ल्याओ अनि सँगै बसेर खाना खाऔँ।” २१ त्यसपछि मोसा ती मानिसकहाँ बस्न राजी भए। उनले आफ्नी छोरी सिप्पोराको विवाह मोसासित गराइदिए।+ २२ पछि सिप्पोराले एउटा छोरो जन्माइन्‌ र मोसाले यसो भने: “म उसको नाम गेर्सोम*+ राख्नेछु किनकि म यस विदेशी भूमिमा प्रवासी भएर बसेको छु।”+

२३ धेरै वर्ष बितेपछि मिश्रका राजाको मृत्यु भयो+ तर इस्राएलीहरू अझै दासत्वबाट मुक्‍त भएका थिएनन्‌। त्यसैले तिनीहरूले सुस्केरा हाल्दै बिन्ती गरिरहे। अनि तिनीहरूको सुस्केरा साँचो परमेश्‍वरकहाँ पुग्यो।+ २४ परमेश्‍वरले तिनीहरूको सुस्केरा सुन्‍नुभयो+ अनि अब्राहाम, इसहाक र याकुबसित गर्नुभएको करार सम्झनुभयो।+ २५ परमेश्‍वरले इस्राएलीहरूमाथि नजर लगाउनुभयो र तिनीहरूको दुःख देख्नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने