भजनसङ्ग्रह
९५ आओ, हामी यहोवाको लागि खुसीसाथ स्तुति गाऔँ!
हाम्रो उद्धारको चट्टानको निम्ति जयजयकार गरौँ।+
२ उहाँसामु जाऔँ र धन्यवाद चढाऔँ;+
उहाँको स्तुति गाऔँ र उहाँको जयजयकार गरौँ।
३ किनकि यहोवा महान् परमेश्वर हुनुहुन्छ,
अरू सबै देवताभन्दा महान् राजा हुनुहुन्छ।+
४ पृथ्वीको गहिराइ उहाँको हातमा छ;
अग्ला पहाडहरू उहाँकै हुन्।+
६ आओ, हामी उहाँको उपासना गरौँ र उहाँलाई दण्डवत् गरौँ;
हाम्रा रचनाकार यहोवासामु घुँडा टेकौँ।+
७ किनकि उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ
अनि हामी उहाँको खर्कका बगाल हौँ,
उहाँले ख्याल राख्नुहुने मानिसहरू।+
यदि आज तिमीहरू उहाँको कुरा सुन्छौ भने+
९ जब तिमीहरूका पुर्खाहरूले मेरो परीक्षा लिएका थिए;+
तिनीहरूले मेरो काम देख्दादेख्दै पनि मलाई चुनौती दिए।+
१० चालीस वर्षसम्म मैले त्यस पुस्तालाई घृणा गरेँ र भनेँ:
“तिनीहरूको हृदय सधैँ मदेखि टाढा छ
अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्।”
११ त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ:
“तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्।”+