प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • नहेम्याहलाई यरुसलेम पठाइन्छ (१-१०)

      • नहेम्याह सहरको पर्खालको निरीक्षण गर्छन्‌ (११-२०)

नहेम्याह २:१

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +एज्रा ७:१; नहे १३:६
  • +नहे १:१
  • +नहे १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. ८-९

    दानियलको भविष्यवाणी, पृ. १९७

नहेम्याह २:३

मार्जिनल रेफरेन्स

  • +नहे १:२, ३

नहेम्याह २:४

मार्जिनल रेफरेन्स

  • +१स १:१३

नहेम्याह २:५

मार्जिनल रेफरेन्स

  • +दा ९:२५

नहेम्याह २:६

मार्जिनल रेफरेन्स

  • +नहे १:११
  • +नहे ५:१४; १३:६

नहेम्याह २:७

फुटनोट

  • *

    यसले युफ्रेटिस नदीको पश्‍चिममा पर्ने इलाकालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +यहो १:४; एज्रा ५:३

नहेम्याह २:८

मार्जिनल रेफरेन्स

  • +नहे ७:२
  • +नहे १:३
  • +एज्रा ७:६
  • +एज्रा ७:२१

नहेम्याह २:१०

मार्जिनल रेफरेन्स

  • +नहे ४:१; ६:२
  • +नहे १३:१
  • +नहे २:१९; ४:३; ६:१४; १३:७

नहेम्याह २:१३

मार्जिनल रेफरेन्स

  • +२इ २६:९
  • +नहे ३:१३
  • +नहे १:३; वि १:४; २:९

नहेम्याह २:१४

मार्जिनल रेफरेन्स

  • +नहे ३:१५; १२:३७

नहेम्याह २:१५

फुटनोट

  • *

    वा “वादी।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स १५:२३; युह १८:१

नहेम्याह २:१६

मार्जिनल रेफरेन्स

  • +नहे ४:१४

नहेम्याह २:१८

मार्जिनल रेफरेन्स

  • +एज्रा ७:६, २८; नहे २:७, ८
  • +दा ९:२५
  • +हाग्गै १:१४

नहेम्याह २:१९

मार्जिनल रेफरेन्स

  • +नहे १३:१, २
  • +नहे ६:१४
  • +नहे ४:७; ६:१, २
  • +भज ७९:४
  • +नहे ६:६

नहेम्याह २:२०

मार्जिनल रेफरेन्स

  • +भज १२७:१
  • +एज्रा ४:१-३

अरू

नहे. २:१एज्रा ७:१; नहे १३:६
नहे. २:१नहे १:१
नहे. २:१नहे १:११
नहे. २:३नहे १:२, ३
नहे. २:४१स १:१३
नहे. २:५दा ९:२५
नहे. २:६नहे १:११
नहे. २:६नहे ५:१४; १३:६
नहे. २:७यहो १:४; एज्रा ५:३
नहे. २:८नहे ७:२
नहे. २:८नहे १:३
नहे. २:८एज्रा ७:६
नहे. २:८एज्रा ७:२१
नहे. २:१०नहे ४:१; ६:२
नहे. २:१०नहे १३:१
नहे. २:१०नहे २:१९; ४:३; ६:१४; १३:७
नहे. २:१३२इ २६:९
नहे. २:१३नहे ३:१३
नहे. २:१३नहे १:३; वि १:४; २:९
नहे. २:१४नहे ३:१५; १२:३७
नहे. २:१५२स १५:२३; युह १८:१
नहे. २:१६नहे ४:१४
नहे. २:१८एज्रा ७:६, २८; नहे २:७, ८
नहे. २:१८दा ९:२५
नहे. २:१८हाग्गै १:१४
नहे. २:१९नहे १३:१, २
नहे. २:१९नहे ६:१४
नहे. २:१९नहे ४:७; ६:१, २
नहे. २:१९भज ७९:४
नहे. २:१९नहे ६:६
नहे. २:२०भज १२७:१
नहे. २:२०एज्रा ४:१-३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह २:१-२०

नहेम्याह

२ यो राजा आर्टजारसेजको+ शासनकालको २० औँ वर्षको नीसान* महिनाको कुरा हो।+ राजाको निम्ति मद्य ल्याइयो अनि सदाझैँ मैले राजालाई मद्य टक्य्राएँ।+ तर म राजासामु यति उदास पहिला कहिल्यै भएको थिइनँ। २ त्यसैले राजाले मलाई सोध्नुभयो: “तिमी बिरामीजस्तो त देखिँदैनौ तैपनि तिम्रो अनुहार किन निन्याउरो छ? तिमीलाई पक्कै पनि कुनै कुराले पिरोलिरहेको छ।” यो सुनेर म साह्रै डराएँ।

३ तब मैले राजालाई भनेँ: “राजा दीर्घायु रहून्‌! मेरा पितापुर्खा गाडिएको सहर उजाड भएको छ र त्यसका मूलढोकाहरू आगोले भस्म भएका छन्‌। म कसरी उदास नभई बस्न सक्छु र?”+ ४ राजाले सोध्नुभयो: “तिमी मबाट के चाहन्छौ?” तब मैले तुरुन्तै स्वर्गका परमेश्‍वरलाई प्रार्थना गरेँ।+ ५ अनि मैले राजालाई यसो भनेँ: “यदि महाराजलाई उचित लाग्छ र यस सेवकले हजुरको निगाह पाएको छ भने मलाई यहुदा जाने अनुमति दिनुहोस्‌। म त्यहाँ गएर मेरा पितापुर्खा गाडिएको त्यो सहर पुनर्निर्माण गर्न चाहन्छु।”+ ६ त्यसबेला रानी पनि राजासँगै हुनुहुन्थ्यो। राजाले मलाई सोध्नुभयो: “तिमीलाई यात्रा गर्न कति समय लाग्छ? अनि कहिले फर्कन्छौ?” राजाले मलाई जाने अनुमति दिनुभयो।+ यहुदाबाट फर्कन कति समय लाग्छ, त्यो मैले उहाँलाई बताइदिएँ।+

७ त्यसपछि मैले राजालाई यसो भनेँ: “यदि महाराजलाई उचित लाग्छ भने महानदी पारिको इलाकाका* राज्यपालहरूको नाममा मेरो हातमा पत्रहरू पठाइदिनुहोस्‌+ ताकि म उनीहरूको इलाका भएर सुरक्षितसाथ यहुदा पुग्न सकूँ। ८ साथै शाही-निकुञ्जको रेखदेख गर्ने आसापको नाममा पनि एउटा पत्र लेखिदिनुहोस्‌ ताकि तिनले मलाई मन्दिर-किल्लाका+ ढोकाहरू, सहरका पर्खालहरू+ र मेरो निम्ति घर बनाउन काठ देऊन्‌।” मेरा परमेश्‍वर मेरो साथमा हुनुभएकोले+ राजाले मलाई पत्रहरू दिनुभयो।+

९ त्यसपछि म यात्रा गरेर महानदी पारिको इलाकामा पुगेँ र मैले त्यस इलाकाका राज्यपालहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथमा सेनापतिहरू र घोडचढीहरू पनि पठाउनुभएको थियो। १० जब होरोनी सन्बलत+ र अम्मोनी+ अफिसर तोबियाले+ इस्राएलका मानिसहरूलाई मदत गर्न कोही आएको छ भन्‍ने खबर सुने, तब तिनीहरू साह्रै रिसाए।

११ लामो समय यात्रा गरेपछि म यरुसलेम आइपुगेँ। त्यहाँ पुगेको तीन दिनपछि १२ म केही मानिस लिएर राती निस्केँ। हामीसँग एउटा मात्र गधा थियो र म त्यसमा चढेको थिएँ। मेरा परमेश्‍वरले मेरो हृदयमा यरुसलेमको निम्ति जे गर्ने विचार हालिदिनुभएको थियो, त्यसबारे मैले कसैलाई भनिनँ। १३ म रातमा उपत्यका-ढोकाबाट बाहिर निस्केँ+ अनि ‘अजिङ्‌गरको फोहरा’ हुँदै ‘खरानीको थुप्रोको ढोका’-मा पुगेँ।+ मैले यरुसलेमका भत्किएका पर्खालहरू अनि आगोले भस्म पारेका मूलढोकाहरूको निरीक्षण गरेँ।+ १४ अनि म फोहरा-ढोका हुँदै+ राजा-पोखरीसम्म पुगेँ। त्यहाँबाट गधामा चढेर अघि बढ्‌न ठाउँ साँघुरो थियो। १५ तैपनि म बेँसी* हुँदै मास्तिर उक्लेँ+ र रातभर पर्खालको निरीक्षण गरिरहेँ। त्यसपछि म फर्केँ अनि उपत्यका-ढोकाबाट भित्र पसेँ।

१६ त्यहाँका उप-शासकहरूलाई+ म कहाँ गएँ र मैले के गरेँ, त्यसबारे केही थाह थिएन। किनभने मैले त्यसबेलासम्म यहुदीहरू, पुजारीहरू, प्रतिष्ठित व्यक्‍तिहरू, उप-शासकहरू र बाँकी कामदारहरूलाई केही भनेको थिइनँ। १७ पछि मैले तिनीहरूलाई यसो भनेँ: “हामी कति दयनीय अवस्थामा छौँ, त्यो त तपाईँहरूले देख्नुभएकै छ। यरुसलेम उजाड भएको छ र यसका मूलढोकाहरू आगोले भस्म भएका छन्‌। आउनुहोस्‌, यरुसलेमका पर्खालहरू पुनर्निर्माण गरौँ। तब मानिसहरूले हामीलाई हाँसोमा उडाउनेछैनन्‌।” १८ त्यसपछि मेरा परमेश्‍वरले कसरी मलाई साथ दिनुभयो+ अनि राजाले मलाई के-के भन्‍नुभयो,+ ती सबै मैले तिनीहरूलाई बताइदिएँ। तब तिनीहरूले यसो भने: “आओ! हामी निर्माणकार्य सुरु गरौँ।” तिनीहरूले यो असल काम गर्न एकअर्कालाई हौसला दिए।+

१९ जब होरोनी सन्बलत, अम्मोनी+ अफिसर तोबिया+ र अरबी गेसेमले+ यस कुराको खबर पाए, तब तिनीहरूले हाम्रो खिसी+ र अपमान गर्न थाले। तिनीहरूले यसो भने: “तिमीहरू यो के गर्दै छौ? के तिमीहरू राजाको विद्रोह गर्दै छौ?”+ २० तर मैले तिनीहरूलाई यस्तो जवाफ दिएँ: “स्वर्गका परमेश्‍वरले नै हामीलाई सफल तुल्याउनुहुनेछ+ र हामी उहाँका सेवकहरूले यो पर्खाल बनाउनेछौँ। तर यरुसलेममा तिमीहरूको न कुनै भाग छ न कुनै अधिकार न त तिमीहरूले यरुसलेममा सम्झन लायकको कुनै काम नै गरेका छौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने