प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • बासानका राजा ओगमाथि विजयी (१-७)

      • यर्दनको पूर्वतिरको इलाकाको बाँडफाँड (८-२०)

      • यहोसुलाई नडराउन भनिन्छ (२१, २२)

      • मोसा त्यस देशमा जान पाउँदैनन्‌ (२३-२९)

व्यवस्था ३:१

मार्जिनल रेफरेन्स

  • +गन २१:३३-३५

व्यवस्था ३:४

मार्जिनल रेफरेन्स

  • +गन ३२:३३; व्य २९:७, ८; यहो १३:२९, ३०

व्यवस्था ३:६

मार्जिनल रेफरेन्स

  • +लेवी २७:२९
  • +लेवी १८:२५

व्यवस्था ३:८

फुटनोट

  • *

    वा “वादीदेखि।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन ३२:३३
  • +यहो १२:१, २

व्यवस्था ३:१०

फुटनोट

  • *

    पर्वतको शिखरमा भएको समतल भूमि।

मार्जिनल रेफरेन्स

  • +गन २१:३३

व्यवस्था ३:११

फुटनोट

  • *

    वा “शवबाकस।”

  • *

    वा सम्भवतः “कालो चट्टानले।”

  • *

    एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

व्यवस्था ३:१२

मार्जिनल रेफरेन्स

  • +गन ३२:३४
  • +गन ३२:३३

व्यवस्था ३:१३

मार्जिनल रेफरेन्स

  • +गन ३२:३९; यहो १३:२९-३१; १इ ५:२३

व्यवस्था ३:१४

फुटनोट

  • *

    यसको अर्थ हो, “याइरका गाउँहरू।”

मार्जिनल रेफरेन्स

  • +१इ २:२२
  • +व्य ३:४
  • +यहो १३:१३
  • +गन ३२:४०, ४१

व्यवस्था ३:१५

मार्जिनल रेफरेन्स

  • +गन ३२:३९; यहो १७:१

व्यवस्था ३:१६

मार्जिनल रेफरेन्स

  • +गन ३२:३३; यहो २२:९

व्यवस्था ३:१७

फुटनोट

  • *

    अर्थात्‌, मृतसागर।

मार्जिनल रेफरेन्स

  • +गन ३४:११, १२

व्यवस्था ३:१८

मार्जिनल रेफरेन्स

  • +गन ३२:२०-२२

व्यवस्था ३:२०

मार्जिनल रेफरेन्स

  • +यहो १:१४, १५; २२:४, ८

व्यवस्था ३:२१

मार्जिनल रेफरेन्स

  • +गन ११:२८; १४:३०; २७:१८
  • +यहो १०:२५

व्यवस्था ३:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१४; १५:३; व्य १:३०; २०:४; यहो १०:४२

व्यवस्था ३:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:१६; व्य ११:२
  • +प्रस्थ १५:११; २स ७:२२; १रा ८:२३; भज ८६:८; यर्मि १०:६, ७

व्यवस्था ३:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:८; व्य १:७; ११:११, १२

व्यवस्था ३:२६

मार्जिनल रेफरेन्स

  • +गन २०:१२; २७:१३, १४; व्य ४:२१; भज १०६:३२

व्यवस्था ३:२७

मार्जिनल रेफरेन्स

  • +गन २७:१२
  • +व्य ३४:१, ४

व्यवस्था ३:२८

मार्जिनल रेफरेन्स

  • +गन २७:१८-२०; व्य १:३८; ३१:७
  • +यहो १:१, २

व्यवस्था ३:२९

मार्जिनल रेफरेन्स

  • +व्य ४:४५, ४६; ३४:५, ६

अरू

व्यव. ३:१गन २१:३३-३५
व्यव. ३:४गन ३२:३३; व्य २९:७, ८; यहो १३:२९, ३०
व्यव. ३:६लेवी २७:२९
व्यव. ३:६लेवी १८:२५
व्यव. ३:८गन ३२:३३
व्यव. ३:८यहो १२:१, २
व्यव. ३:१०गन २१:३३
व्यव. ३:१२गन ३२:३४
व्यव. ३:१२गन ३२:३३
व्यव. ३:१३गन ३२:३९; यहो १३:२९-३१; १इ ५:२३
व्यव. ३:१४१इ २:२२
व्यव. ३:१४व्य ३:४
व्यव. ३:१४यहो १३:१३
व्यव. ३:१४गन ३२:४०, ४१
व्यव. ३:१५गन ३२:३९; यहो १७:१
व्यव. ३:१६गन ३२:३३; यहो २२:९
व्यव. ३:१७गन ३४:११, १२
व्यव. ३:१८गन ३२:२०-२२
व्यव. ३:२०यहो १:१४, १५; २२:४, ८
व्यव. ३:२१गन ११:२८; १४:३०; २७:१८
व्यव. ३:२१यहो १०:२५
व्यव. ३:२२प्रस्थ १४:१४; १५:३; व्य १:३०; २०:४; यहो १०:४२
व्यव. ३:२४प्रस्थ १५:१६; व्य ११:२
व्यव. ३:२४प्रस्थ १५:११; २स ७:२२; १रा ८:२३; भज ८६:८; यर्मि १०:६, ७
व्यव. ३:२५प्रस्थ ३:८; व्य १:७; ११:११, १२
व्यव. ३:२६गन २०:१२; २७:१३, १४; व्य ४:२१; भज १०६:३२
व्यव. ३:२७गन २७:१२
व्यव. ३:२७व्य ३४:१, ४
व्यव. ३:२८गन २७:१८-२०; व्य १:३८; ३१:७
व्यव. ३:२८यहो १:१, २
व्यव. ३:२९व्य ४:४५, ४६; ३४:५, ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ३:१-२९

व्यवस्था

३ “त्यसपछि हामी मोडियौँ र बासान मार्ग हुँदै गयौँ। अनि बासानका राजा ओग हामीसित युद्ध गर्न आफ्ना सबै सेना लिएर एद्रईमा आए।+ २ तब यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो: ‘तिनीसित नडराऊ किनकि म तिनी, तिनका सबै मानिस र तिनको देश तिमीहरूको हातमा सुम्पिनेछु। तिमीहरूले हेस्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनलाई जसो गऱ्‍यौ, तिनलाई पनि त्यसै गर्नेछौ।’ ३ त्यसपछि यहोवा हाम्रा परमेश्‍वरले बासानका राजा ओग र तिनका सबै मानिसलाई हाम्रो हातमा सुम्पिदिनुभयो। अनि हामीले तिनका मानिसहरूलाई माऱ्‍यौँ, कसैलाई पनि बाँकी राखेनौँ। ४ हामीले तिनका सबै सहर कब्जा गऱ्‍यौँ। बासानका राजा ओगको अधिकारमा भएको अर्गोब इलाकाका ६० वटा सहर हामीले कब्जा गऱ्‍यौँ।+ हामीले कब्जा गर्न बाँकी सहर एउटै थिएन। ५ यी सबै सहरलाई मूलढोकाहरू र गजबारहरू भएको ठूलठूला पर्खालले घेरेको थियो। अनि यी सहरहरूनजिकै अरू थुप्रै साना सहर पनि थिए। ६ हामीले ती सबै नाश गऱ्‍यौँ।+ हामीले तिनीहरूलाई हेस्बोनका राजा सिहोनलाई गरेझैँ गऱ्‍यौँ। त्यहाँका सबै सहरलाई नाश गऱ्‍यौँ; पुरुष, स्त्री, केटाकेटी कसैलाई पनि बाँकी राखेनौँ।+ ७ तर हामीले वस्तुभाउ र मालसामानचाहिँ सबै लियौँ।

८ “यसरी हामीले यर्दनको इलाकामा बस्ने दुई एमोरी राजाको देश कब्जा गऱ्‍यौँ।+ तिनीहरूको इलाका अर्नोन बेँसीदेखि* हर्मोन डाँडासम्म फैलिएको थियो।+ ९ (हर्मोन डाँडालाई सिदोनीहरूले सिरिओन भन्थे भने एमोरीहरूले चाहिँ सेनिर भन्थे।) १० हामीले पठारमा* भएका सबै सहर, गिलादका सबै इलाका अनि सालेकाह र एद्रईसम्म+ फैलिएको बासानको सम्पूर्ण इलाका लियौँ। सालेकाह र एद्रई ओगको राज्य बासानका सहरहरू थिए। ११ रेफाई जातिमध्ये बासानका राजा ओग मात्र बाँकी थिए। तिनको अरथी* फलामले* बनेको थियो। त्यो अरथी अझ पनि इम्मोनीहरूको सहर राब्बाहमै छ। मानक नापअनुसार त्यस अरथीको लम्बाइ नौ हात* र चौडाइ चार हात थियो। १२ त्यतिबेला हामीले अर्नोन बेँसीनजिकै रहेको अरोएरको+ इलाकादेखि गिलादको आधाजति पहाडी इलाका कब्जा गऱ्‍यौँ अनि ती इलाकाका सहरहरू मैले रुबेन र गादको कुललाई दिएँ।+ १३ गिलादको बाँकी इलाका अनि राजा ओगले शासन गर्ने बासानको सम्पूर्ण इलाकाचाहिँ मैले मनस्सेको आधा कुललाई दिएँ।+ बासानमा पर्ने अर्गोबको पूरै इलाका रेफाईहरूको देश भनेर चिनिन्थ्यो।

१४ “मनस्सेका सन्तान याइरले+ अर्गोबका सबै इलाका लिए।+ त्यो इलाका गेसुरीहरू र माकाथीहरूको सिमानासम्म फैलिएको थियो।+ अनि तिनले बासानका ती गाउँहरूको नाम फेरेर आफ्नै नाममा हव्वोथ-याइर* राखे।+ आजसम्मै ती गाउँहरू यही नामले चिनिन्छन्‌। १५ मैले गिलादको इलाका माकिरलाई दिएँ।+ १६ मैले रुबेन र गादको कुललाई+ गिलाददेखि अर्नोन बेँसीको बीचसम्मको इलाका दिएँ र त्यहीँ सिमाना तोकिदिएँ। साथै अझै टाढा अम्मोनीहरूको सिमाना पर्ने याब्बोक बेँसीसम्मको इलाका पनि तिनीहरूलाई दिएँ। १७ अनि अराबाह, यर्दन नदी अनि त्यसको किनारा अर्थात्‌ किन्‍नरेथदेखि अराबाह समुद्रसम्मको इलाका पनि मैले तिनीहरूलाई नै दिएँ। अराबाह समुद्रलाई खारा समुद्र* पनि भनिन्छ, जुन पूर्वतिर रहेको पिस्गाहको फेदमा पर्छ।+

१८ “अनि मैले तिनीहरूलाई यस्तो आज्ञा दिएँ: ‘यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको छ। तिमीहरूमध्ये बहादुर पुरुषहरूले आ-आफ्नो हातहतियार भिर अनि तिम्रा इस्राएली दाजुभाइको अघिअघि पारि जाओ।+ १९ तिमीहरूका पत्नी, बालबच्चा अनि वस्तुभाउ मात्र (मलाई थाह छ, तिमीहरूका वस्तुभाउ धेरै छन्‌) मैले दिएको इलाकामा बसून्‌। २० तर यहोवा परमेश्‍वरले तिमीहरूलाई जस्तै तिम्रा दाजुभाइलाई पनि विश्राम दिनुभएपछि अनि यहोवा तिमीहरूका परमेश्‍वरले यर्दनपारिको देश तिनीहरूको अधिकारमा दिनुभएपछि तिमीहरू आ-आफ्नो अधिकारमा पर्ने इलाकामा फर्कन सक्छौ र त्यहीँ बसोबास गर्न सक्छौ।’+

२१ “तब मैले यहोसुलाई यस्तो आज्ञा दिएँ:+ ‘यहोवा तिम्रा परमेश्‍वरले ती दुई राजालाई के गर्नुभयो, त्यो तिमी आफैले देख्यौ। अब तिमीहरू नदी पार गरेर जान लागेको ठाउँका सबै राज्यलाई पनि यहोवा परमेश्‍वरले त्यसै गर्नुहुनेछ।+ २२ तिनीहरूसित नडराऊ किनभने यहोवा तिम्रा परमेश्‍वरले तिम्रो तर्फबाट लड्‌नुहुनेछ।’+

२३ “त्यसबेला मैले यहोवा परमेश्‍वरलाई यसो भनेर बिन्ती गरेको थिएँ, २४ ‘हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँले आफ्नो यस सेवकलाई आफ्नो महानता र शक्‍ति देखाउन थाल्नुभएको छ।+ यस्तो शक्‍तिशाली काम गर्ने ईश्‍वर स्वर्गमा अनि पृथ्वीमा अरू को छ र?+ २५ बिन्ती छ, मलाई यर्दनपारि भएको त्यो असल देश हेर्न दिनुहोस्‌। त्यो सुन्दर पहाडी इलाका अनि लेबनान मैले देख्न पाऊँ।’+ २६ तर तिमीहरूले गर्दा यहोवा परमेश्‍वर मसित अझै पनि रिसाइरहनुभएको थियो+ अनि उहाँले मेरो कुरा सुन्‍नुभएन। बरु यहोवाले मलाई भन्‍नुभयो, ‘बस्‌, भयो! मसित यस विषयमा फेरि कुरा नगर। २७ पिस्गाहको टुप्पोमा जाऊ+ अनि त्यो देश कस्तो रहेछ भनेर पूर्व, पश्‍चिम, उत्तर, दक्षिण चारैतिर आफ्नै आँखाले हेर। किनभने तिमी यर्दनपारि जानेछैनौ।+ २८ तिम्रो सट्टा यहोसुलाई छान।+ तिनलाई प्रोत्साहन देऊ अनि बलियो बनाऊ किनभने तिनले नै इस्राएलीहरूलाई तिमीले देख्ने देशसम्म डोऱ्‍याउनेछन्‌+ र तिनीहरूले त्यो देश अधिकार गर्नेछन्‌।’ २९ हामी बेथ-पोअरको अगाडि पर्ने बेँसीमा छँदा यी सबै घटना घटेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने