भजनसङ्ग्रह
दाउदले रचेको भजन।
१०१ म अटल प्रेम र न्यायबारे भजन गाउनेछु।
हे यहोवा, म तपाईँको स्तुति गाउनेछु।*
२ म सुझबुझ चलाउनेछु र निष्खोट* भई हिँड्नेछु।
तपाईँ मलाई कहिले मदत गर्नुहुन्छ?
म आफ्नो घरभित्र सत्यनिष्ठ हृदय लिएर+ हिँड्नेछु।
३ म आफ्नो आँखाअघि व्यर्थका कुराहरू केही राख्नेछैनँ।
सही मार्गबाट तर्किने मानिसहरूको कामलाई म घृणा गर्छु;+
म तिनीहरूसित कुनै सरोकार राख्नेछैनँ।
४ टेढो मन भएको मानिसदेखि म टाढै रहन्छु;
खराब कुरालाई म स्विकार्नेछैनँ।*
५ गुप्तमा आफ्नो छिमेकीको निन्दा गर्नेलाई+
म चुप लगाइदिनेछु।*
घमन्डी आँखा र अहङ्कारी मन भएको कसैलाई पनि
म सहनेछैनँ।
६ म पृथ्वीका वफादार मानिसहरूलाई हेर्नेछु
ताकि तिनीहरू मसँगै बास गरून्।
निष्खोट भई* हिँड्ने मानिसले मेरो सेवा गर्नेछ।
७ छली मानिसले मेरो घरमा बास गर्नेछैन
अनि झूट बोल्ने कोही मेरो अगाडि* रहनेछैन।