भजनसङ्ग्रह
थिचोमिचोमा परेको मानिसले हताश* हुँदा आफ्नो दुखेसो पोख्दै यहोवालाई गरेको प्रार्थना।+
२ म सङ्कष्टमा पर्दा तपाईँ आफ्नो मुहार मबाट नलुकाउनुहोस्।+
मतिर आफ्नो कान फर्काउनुहोस्;*
मैले पुकार्दा मलाई झट्टै जवाफ दिनुहोस्।+
३ किनकि मेरा दिनहरू धुवाँजस्तै उडेर जाँदै छन्,
मेरा हड्डीहरू आगोले डढेझैँ भएका छन्।+
४ मेरो मन ओइलाएर सुकेको घाँसजस्तै भएको छ,+
मेरो भोक हराएको छ।
६ म घाउँके हावासीलजस्तै* भएको छु;
म खण्डहरहरूमा बस्ने सानो लाटोकोसेरोजस्तै भएको छु।
८ मेरा शत्रुहरू दिनभरि मेरो खिसी गर्छन्।+
मेरो खिल्ली उडाउनेहरू मेरो नाम लिएर सराप्छन्।
१० किनकि तपाईँको रिस र तपाईँको क्रोध ममाथि खनिएको छ;
तपाईँले मलाई माथि उचाल्नुभयो र तल पछार्नुभयो।
१३ तपाईँ पक्कै उठ्नुहुनेछ र सियोनमाथि कृपा देखाउनुहुनेछ+
किनकि त्यसलाई तपाईँको अनुग्रह देखाउने समय भइसकेको छ,+
तोकिएको समय आइसकेको छ।+
१५ राष्ट्रहरूले यहोवाको नामको डर मान्नेछन्
अनि पृथ्वीका सबै राजा तपाईँको महिमा देखेर डराउनेछन्।+
१७ उहाँले बेसहाराहरूको प्रार्थनामा ध्यान दिनुहुनेछ;+
उहाँले तिनीहरूको प्रार्थनालाई तुच्छ ठान्नुहुनेछैन।+
१९ उहाँ आफ्नो उच्च पवित्र ठाउँबाट तल हेर्नुहुन्छ,+
यहोवाले स्वर्गबाट पृथ्वीमा दृष्टि लगाउनुहुन्छ,
२१ ताकि यहोवाको नाम सियोनमा घोषणा गरियोस्+
अनि यरुसलेममा उहाँको प्रशंसा गरियोस्,
२२ जब जातिहरू र राज्यहरू
यहोवाको सेवा गर्न एकसाथ भेला हुन्छन्।+
२३ उहाँले समयअगावै मेरो बल खोस्नुभएको छ;
उहाँले मेरा दिनहरू घटाइदिनुभएको छ।
२४ मैले भनेँ: “हे मेरा परमेश्वर,
तपाईँ, जसका वर्षहरू पुस्तौँपुस्तासम्म रहिरहन्छन्,+
मेरो आधा आयुमै मलाई नाश नगर्नुहोस्।
२६ तिनीहरू नाश हुनेछन् तर तपाईँ भने सधैँभरि रहिरहनुहुनेछ।
लुगाजस्तै तिनीहरू सब पुराना भएर जानेछन्।
लुगा फेरेझैँ तपाईँले तिनीहरूलाई फेर्नुहुनेछ र तिनीहरू नाश हुनेछन्।