प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युब अझै जवाफ दिन्छन्‌ (१-२२)

        • ‘परमेश्‍वर किन मलाई देखी सहनुहुन्‍न?’ (२)

        • परमेश्‍वर र अय्युबबीचको भिन्‍नता (४-१२)

        • “केही बेर चैनको सास फेर्न सकूँ” (२०)

अय्युब १०:१

मार्जिनल रेफरेन्स

  • +गन ११:११, १५; १रा १९:३, ४; अय्यु ७:१६; योना ४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ५

अय्युब १०:३

मार्जिनल रेफरेन्स

  • +अय्यु १४:१५; भज १३८:८; यसै ६४:८

अय्युब १०:५

मार्जिनल रेफरेन्स

  • +भज ९०:२

अय्युब १०:६

मार्जिनल रेफरेन्स

  • +अय्यु १०:१४

अय्युब १०:७

मार्जिनल रेफरेन्स

  • +अय्यु १:८; भज १३९:१
  • +व्य ३२:३९

अय्युब १०:८

मार्जिनल रेफरेन्स

  • +भज ११९:७३; १३९:१३-१६

अय्युब १०:९

मार्जिनल रेफरेन्स

  • +उत्प २:७; यसै ४५:९; ६४:८; रोमी ९:२१
  • +उत्प ३:१९; भज १०४:२९; उप १२:७

अय्युब १०:१०

फुटनोट

  • *

    शा., “चिज।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ४

अय्युब १०:११

मार्जिनल रेफरेन्स

  • +भज १३९:१५

अय्युब १०:१२

मार्जिनल रेफरेन्स

  • +भज ८:४

अय्युब १०:१४

मार्जिनल रेफरेन्स

  • +भज १३९:१

अय्युब १०:१५

मार्जिनल रेफरेन्स

  • +अय्यु ९:१५
  • +भज ११९:१५३

अय्युब १०:१६

मार्जिनल रेफरेन्स

  • +यसै ३८:१३

अय्युब १०:१८

मार्जिनल रेफरेन्स

  • +अय्यु ३:११; यर्मि २०:१८

अय्युब १०:२०

फुटनोट

  • *

    वा “केही बेर खुसी हुन सकूँ।”

मार्जिनल रेफरेन्स

  • +अय्यु ७:६; १४:१, २; भज ३९:५, ६; १०३:१५, १६
  • +अय्यु ९:२७

अय्युब १०:२१

मार्जिनल रेफरेन्स

  • +अय्यु ३८:१७; भज ८८:१२; उप ९:१०
  • +अय्यु ७:९; भज ११५:१७; यसै ३८:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००६, पृ. ४

अरू

अय्यु. १०:१गन ११:११, १५; १रा १९:३, ४; अय्यु ७:१६; योना ४:३
अय्यु. १०:३अय्यु १४:१५; भज १३८:८; यसै ६४:८
अय्यु. १०:५भज ९०:२
अय्यु. १०:६अय्यु १०:१४
अय्यु. १०:७अय्यु १:८; भज १३९:१
अय्यु. १०:७व्य ३२:३९
अय्यु. १०:८भज ११९:७३; १३९:१३-१६
अय्यु. १०:९उत्प २:७; यसै ४५:९; ६४:८; रोमी ९:२१
अय्यु. १०:९उत्प ३:१९; भज १०४:२९; उप १२:७
अय्यु. १०:११भज १३९:१५
अय्यु. १०:१२भज ८:४
अय्यु. १०:१४भज १३९:१
अय्यु. १०:१५अय्यु ९:१५
अय्यु. १०:१५भज ११९:१५३
अय्यु. १०:१६यसै ३८:१३
अय्यु. १०:१८अय्यु ३:११; यर्मि २०:१८
अय्यु. १०:२०अय्यु ७:६; १४:१, २; भज ३९:५, ६; १०३:१५, १६
अय्यु. १०:२०अय्यु ९:२७
अय्यु. १०:२१अय्यु ३८:१७; भज ८८:१२; उप ९:१०
अय्यु. १०:२१अय्यु ७:९; भज ११५:१७; यसै ३८:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब १०:१-२२

अय्युब

१० “म यो जीवनदेखि वाक्क भइसकेँ।+

म धीत नमरुन्जेल गुनासो गर्नेछु।

म आफ्नो मनको तीतोपन व्यक्‍त गर्नेछु।

 २ म परमेश्‍वरलाई भन्‍नेछु: ‘मलाई दोषी नठहराउनुहोस्‌।

तपाईँ किन मलाई देखी सहनुहुन्‍न?

 ३ मलाई दुःख दिएर, आफ्नै हातको कामलाई घृणा गरेर

तपाईँलाई के फाइदा हुन्छ?+

दुष्टको कुरा सुनेर तपाईँलाई के लाभ हुन्छ?

 ४ के तपाईँका आँखा मानिसका जस्ता छन्‌?

के तपाईँको हेराइ मानिसको जस्तै छ?

 ५ के तपाईँको आयु मानिसको जस्तै छोटो छ?

के तपाईँ पनि मानिसजस्तै बितेर जानुहुन्छ?+

 ६ त्यसोभए तपाईँ किन मेरो गल्ती खोज्नुहुन्छ

र ममा खोट निकाल्न चाहनुहुन्छ?+

 ७ म निर्दोष छु भनेर तपाईँलाई थाह छ।+

तर तपाईँको हातबाट मलाई कसैले बचाउन सक्दैन।+

 ८ तपाईँ आफैले मलाई रच्नुभयो र आकार दिनुभयो।+

तर अब तपाईँ आफै मलाई नाश गर्दै हुनुहुन्छ।

 ९ तपाईँले नै मलाई माटोबाट बनाउनुभएको होइन र?+

तर अब तपाईँ आफै मलाई माटोमा फिर्ता पठाउँदै हुनुहुन्छ।+

१० मलाई दूधजस्तै खन्याउने

र दहीजस्तै* जमाउने तपाईँ नै होइन र?

११ तपाईँले मलाई मासु र छाला पहिराइदिनुभयो

अनि हड्डी र मांसपेशीले गाँस्नुभयो।+

१२ तपाईँले मलाई जीवन दिनुभयो

र मलाई अटल प्रेम देखाउनुभयो।

तपाईँ आफैले मेरो हेरचाह गर्नुभयो।+

१३ तर मनमनै तपाईँले मेरो हानि गर्ने विचार गर्नुभएको रहेछ।

तपाईँकै कारण म यी सब भोग्दै छु भनेर मलाई थाह छ।

१४ मैले पाप गर्दा तपाईँ हेरिरहनुहुन्छ+

अनि मेरो गल्तीको क्षमा दिनुहुन्‍न।

१५ दोष मेरै हो भने मलाई धिक्कार छ!

तर म निर्दोष छु भने पनि शिर ठाडो गर्न सक्दिनँ+

किनकि मैले चोटैचोट र बदनामी सहनुपरेको छ।+

१६ मैले शिर उठाउने कोसिस गरेँ भने पनि

तपाईँ मलाई सिंहले झैँ खेद्‌नुहुन्छ+

र मलाई आफ्नो शक्‍ति देखाउनुहुन्छ।

१७ तपाईँ मविरुद्ध नयाँ-नयाँ साक्षीहरू भेला गर्नुहुन्छ

र आफ्नो रिसको आगो दन्काउनुहुन्छ।

त्यसैले ममाथि एकपछि अर्को कष्ट आइपरेको छ।

१८ मलाई त्यसै गर्ने तपाईँको मनसाय थियो भने

किन मलाई मेरी आमाको गर्भबाट निस्कन दिनुभयो?+

कसैले मलाई देख्नुअघि नै म मरेको भए बेस हुने थियो।

१९ त्यसो भएको भए म अस्तित्वमै हुने थिइनँ।

म आमाको गर्भबाट सीधै चिहानमा जाने थिएँ।’

२० मेरो दिन अब कति नै बाँकी छ र?+ परमेश्‍वरले मलाई एक्लै छोडिदेऊन्‌।

उहाँले आफ्नो अनुहार मदेखि अन्तै फर्काऊन्‌ र मैले केही बेर चैनको सास फेर्न सकूँ।*+

२१ किनकि घोर अन्धकारले+ छोपेको त्यो देशमा

कहिल्यै नफर्किनेगरि म जाँदै छु,+

२२ जहाँ निस्पट्ट अन्धकारबाहेक अरू केही छैन,

जहाँ कुनै कुरा व्यवस्थित छैन

अनि जहाँ उज्यालोले समेत अन्धकारलाई चिर्न सकेको छैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने