- 
	                        
            
            गन्ती ११:११पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
११ तब मोसाले यहोवा परमेश्वरलाई भने: “तपाईँ आफ्नो सेवकलाई किन दुःख दिनुहुन्छ? तपाईँलाई अप्रसन्न तुल्याउन मैले त्यस्तो के गरेँ, जसले गर्दा तपाईँ मलाई यी मानिसहरूको बोझ बोक्न लगाउनुहुन्छ?+
 
 - 
                                        
 
- 
	                        
            
            गन्ती ११:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१५ तपाईँले मसित यस्तै व्यवहार गर्ने हो भने बिन्ती छ बरु मलाई मार्नुहोस्।+ तर तपाईँको निगाह पाएको छु भने योभन्दा धेरै दुर्दशा देख्न नपरोस्।”
 
 - 
                                        
 
- 
	                        
            
            १ राजा १९:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३ यो सुनेर एलिया डराए र आफ्नो ज्यान बचाउन भागे।+ तिनी यहुदाको इलाकामा पर्ने+ बेर्सेबा पुगे+ र आफ्नो सेवकलाई त्यहीँ छोडे। ४ तिनी निर्जनभूमिमा एक दिनको बाटो हिँडे र एउटा झाडीमुनि गएर बसे। त्यसपछि तिनले मर्न पाऊँ भनी परमेश्वरलाई बिन्ती गर्न थाले। तिनले भने: “हे यहोवा! अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्+ किनकि म आफ्ना पितापुर्खाभन्दा असल छैनँ।”
 
 -