भजनसङ्ग्रह
निर्देशकलाई; कोरहवंशीको+ एउटा भजन।
८५ हे यहोवा, तपाईँले आफ्नो देशमाथि निगाह देखाउनुभएको छ;+
तपाईँले याकुबका सन्तानलाई कैदबाट छुटाएर ल्याउनुभएको छ।+
२ तपाईँले आफ्ना मानिसहरूको गल्ती क्षमा गर्नुभएको छ;
तिनीहरूका सबै पाप ढाक्नुभएको छ।+ (सेला)
३ तपाईँले आफ्नो क्रोध थाम्नुभएको छ;
तपाईँले तातो रिस पोख्नुभएको छैन।+
४ हे हाम्रा उद्धारक परमेश्वर, हामीलाई फेरि बलियो बनाउनुहोस्,*
हामीसित अप्रसन्न हुन छोडिदिनुहोस्।+
५ के तपाईँ हामीसित सधैँ रिसाइरहनुहुन्छ?+
के तपाईँ पुस्तौँपुस्तासम्म आफ्नो रिस पोखिरहनुहुन्छ?
६ तपाईँको प्रजा तपाईँको कारण रमाउन सकोस् भनेर+
के तपाईँ हामीलाई फेरि जगाउनुहुन्न र?
७ हे यहोवा, हामीलाई आफ्नो अटल प्रेम देखाउनुहोस्+
र हाम्रो उद्धार गर्नुहोस्।
८ साँचो परमेश्वर यहोवाले भन्नुभएको कुरा म ध्यान दिएर सुन्नेछु
किनकि उहाँ आफ्ना वफादार मानिसहरूसित शान्तिको कुरा बोल्नुहुन्छ+
तर तिनीहरू पहिलाजस्तो अति विश्वस्त नहोऊन्।+
९ इस्राएलमा आफ्नो महिमा रहिरहोस् भनेर
उहाँसित डराउनेहरूको उद्धार गर्न उहाँ हरदम तयार हुनुहुन्छ।+
१० अटल प्रेम र वफादारीले एकअर्कालाई भेट्नेछन्,
धार्मिकता र शान्तिले एकअर्कालाई चुम्बन गर्नेछन्।+
११ पृथ्वीमा वफादारी अङ्कुराउनेछ
र धार्मिकताले स्वर्गबाट तलतिर नियाल्नेछ।+
१३ न्याय उहाँको अघिअघि हिँड्नेछ+
र उहाँको पाइलाको लागि बाटो तयार पार्नेछ।