प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • इस्राएलका डाँडाहरूविरुद्ध सन्देश (१-१४)

        • घिनलाग्दा मूर्तिहरूको बेइज्जत गरिनेछ (४-६)

        • “म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ” (७)

इजकिएल ६:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

इजकिएल ६:४

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +यसै २७:९
  • +लेवी २६:३०

इजकिएल ६:५

मार्जिनल रेफरेन्स

  • +यर्मि ८:१, २

इजकिएल ६:६

मार्जिनल रेफरेन्स

  • +यर्मि २:१५; ३२:२९; मिका ३:१२
  • +इज १६:३९

इजकिएल ६:७

मार्जिनल रेफरेन्स

  • +यर्मि १४:१८
  • +इज ७:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ७७

इजकिएल ६:८

मार्जिनल रेफरेन्स

  • +यर्मि ३०:१०; ४४:२८; इज १४:२२

इजकिएल ६:९

फुटनोट

  • *

    वा “भ्रष्ट र पतित भएर।”

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१, २; भज १३७:१
  • +भज ७८:४०, ४१; यसै ६३:१०
  • +गन १५:३९
  • +इज २०:४३; ३६:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ९८-१००

इजकिएल ६:१०

मार्जिनल रेफरेन्स

  • +इज ३३:२९; दा ९:१२; जक १:६

इजकिएल ६:११

मार्जिनल रेफरेन्स

  • +यर्मि १५:२; १६:४; इज ५:१२

इजकिएल ६:१२

मार्जिनल रेफरेन्स

  • +इज ५:१३

इजकिएल ६:१३

मार्जिनल रेफरेन्स

  • +यर्मि ८:२
  • +इज २०:२८
  • +इज १२:१५

अरू

इज. ६:४यसै २७:९
इज. ६:४लेवी २६:३०
इज. ६:५यर्मि ८:१, २
इज. ६:६यर्मि २:१५; ३२:२९; मिका ३:१२
इज. ६:६इज १६:३९
इज. ६:७यर्मि १४:१८
इज. ६:७इज ७:४
इज. ६:८यर्मि ३०:१०; ४४:२८; इज १४:२२
इज. ६:९व्य ३०:१, २; भज १३७:१
इज. ६:९भज ७८:४०, ४१; यसै ६३:१०
इज. ६:९गन १५:३९
इज. ६:९इज २०:४३; ३६:३१
इज. ६:१०इज ३३:२९; दा ९:१२; जक १:६
इज. ६:११यर्मि १५:२; १६:४; इज ५:१२
इज. ६:१२इज ५:१३
इज. ६:१३यर्मि ८:२
इज. ६:१३इज २०:२८
इज. ६:१३इज १२:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ६:१-१४

इजकिएल

६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, इस्राएलका पहाडहरूतिर आफ्नो अनुहार फर्काऊ र त्यसविरुद्ध भविष्यवाणी गर। ३ तिमीले यसो भन्‍नू: ‘हे इस्राएलका पहाडहरू हो, ब्रह्‍माण्डका मालिक यहोवाको वचन सुन: ब्रह्‍माण्डका मालिक यहोवा पहाड, डाँडा, खोला र बेँसीहरूलाई यसो भन्‍नुहुन्छ: “हेर, म तिमीहरूविरुद्ध तरबार उठाउनेछु र डाँडा-डाँडामा भएका तिमीहरूका अग्ला थानहरू* नष्ट गर्नेछु। ४ म तिमीहरूका वेदीहरू ध्वस्त पारिदिनेछु, तिमीहरूका धूपदानीहरू टुक्राटुक्रा पारिदिनेछु+ र मारिएकाहरूलाई तिमीहरूका घिनलाग्दा मूर्तिहरूअगाडि* फालिदिनेछु।+ ५ इस्राएलीहरूका लास तिनीहरूका घिनलाग्दा मूर्तिहरूकै अगाडि फालिदिनेछु र तिनीहरूका हड्डीहरू तिनीहरूकै वेदीवरिपरि छरिदिनेछु।+ ६ तिमीहरू जहाँसुकै बसे पनि, जुनसुकै सहरमा बसे पनि ती उजाड पारिनेछन्‌+ र डाँडा-डाँडामा भएका तिमीहरूका अग्ला थानहरू ध्वस्त पारिनेछन्‌ र ती उजाडै रहनेछन्‌।+ तिमीहरूका वेदीहरू धुलोपिठो पारिनेछन्‌, तिमीहरूका घिनलाग्दा मूर्तिहरू सर्वनाश हुनेछन्‌, तिमीहरूका धूपदानीहरू भाँचिनेछन्‌ र तिमीहरूका कामको नामोनिसान रहनेछैन। ७ काटिएका मानिसहरू तिमीहरूकै बीचमा ढल्नेछन्‌।+ तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+

८ “‘“तर तिमीहरूमध्ये कसै-कसैलाई म जीवितै छोडिदिनेछु। तिमीहरू जातिजातिमाझ तितरबितर हुँदा कोही-कोहीचाहिँ तरबारबाट उम्कनेछौ।+ ९ अनि जो-जो उम्कन्छन्‌, तिनीहरूले आफूलाई बन्दी बनाएर लगिएको ठाउँमा मलाई सम्झनेछन्‌।+ तिनीहरूको हृदय विश्‍वासघाती भएर* मबाट तर्किएकोले+ र तिनीहरूका आँखा कामुक भएर घिनलाग्दा मूर्तिहरूको पछि लागेकोले+ मेरो मन कत्ति दुःखी भएको थियो भनेर तिनीहरूले बुझ्नेछन्‌। आफूले गरेका सबै खराब र घिनलाग्दा कामहरूका कारण तिनीहरू लाजमा पर्नेछन्‌ र ती कामहरूलाई घृणा गर्नेछन्‌।+ १० तब म नै यहोवा हुँ र मैले तिनीहरूमाथि विपत्ति ल्याउनेछु भनेर दिएको चेतावनी खोक्रो धम्की रहेनछ भनेर तिनीहरूले जान्‍नेछन्‌।”’+

११ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘दुःखी हुँदै थपडी मार अनि आफ्नो खुट्टा बजार र इस्राएलको घरानाले गरेका सबै खराब र घिनलाग्दा कामहरूका लागि विलाप गर। तिनीहरू तरबार, अनिकाल र महामारीले गर्दा ढल्नेछन्‌।+ १२ टाढा भएकाहरू महामारीले गर्दा मर्नेछन्‌, नजिकै भएकाहरूचाहिँ तरबारले काटिनेछन्‌ र यी सबैबाट उम्केर बचेकाहरूचाहिँ अनिकालले गर्दा मर्नेछन्‌। म तिनीहरूमाथि मेरो भएभरको रिस पोख्नेछु।+ १३ तरबारले काटिएर ढलेका तिनीहरूका मानिसहरूको लास तिनीहरूकै घिनलाग्दा मूर्तिहरूअगाडि, वेदीहरूको वरिपरि,+ अग्ला डाँडाहरूमाथि, पहाडका टाकुराहरूमाथि, झ्याम्म परेका रूखहरूमुनि र घिनलाग्दा मूर्तिहरूका निम्ति तिनीहरूले सुगन्धित धूप चढाउने ठूलठूला रूखका हाँगाहरूमुनि+ अलपत्र पर्नेछन्‌। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+ १४ म तिनीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिनीहरू बस्ने ठाउँ उजाड बनाइदिनेछु। तिनीहरूका देशलाई दिब्लाहको निर्जनभूमिभन्दा पनि उजाड बनाइदिनेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने