भजनसङ्ग्रह
यहुदाको निर्जनभूमिमा हुँदा दाउदले रचेको भजन।+
६३ हे परमेश्वर, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँकै बाटो हेरिरहन्छु।+
म तपाईँको निम्ति तिर्खाउँछु।+
पानी नभएको अनि सुकेर चिरा परेको जमिनमा+
तपाईँको तिर्सनाले म मुर्च्छा पर्नै लागेको छु।
२ मैले तपाईँलाई पवित्र ठाउँमा देखेको छु,
मैले तपाईँको शक्ति र तपाईँको महिमा देखेको छु।+
४ म जीवनभर तपाईँकै प्रशंसा गर्नेछु;
हात उठाएर तपाईँको नाम पुकार्नेछु।
५ सबैभन्दा उत्तम र असल भाग पाएर म सन्तुष्ट भएको छु,
त्यसैले मेरो ओठले गाउनेछ, मेरो मुखले तपाईँको जयजयकार गर्नेछ।+
८ म तपाईँसँग टाँसिरहन्छु
अनि तपाईँको दाहिने हातले मलाई च्याप्प समातिराख्छ।+
९ तर मेरो ज्यान लिन खोज्नेहरू
पृथ्वीको गर्भमा पुग्नेछन्।
१० तिनीहरू तरबारले काटिनेछन्;
तिनीहरू स्यालहरूको* आहारा हुनेछन्।
११ तर राजाचाहिँ परमेश्वरको आशिष् पाएकोले रमाउनेछन्।
उहाँको नाममा शपथ खाने सबैले गर्व गर्नेछन्।
किनकि झूटो बोल्नेहरूको मुख बन्द गरिनेछ।