प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • यहोवाले होरेबमा गर्नुभएको करार (१-५)

      • दस आज्ञा दोहोऱ्‍याइन्छ (६-२२)

      • सिनै डाँडामा मानिसहरू डराउँछन्‌ (२३-३३)

व्यवस्था ५:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५; हिब्रू ९:१९, २०

व्यवस्था ५:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:९, १८; प्रे ७:३८

व्यवस्था ५:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१९; गला ३:१९
  • +प्रस्थ १९:१६

व्यवस्था ५:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:३; २०:२

व्यवस्था ५:७

फुटनोट

  • *

    वा “मेरो विरुद्धमा गएर।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:३-६; २रा १७:३५

व्यवस्था ५:८

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१; व्य ४:१५, १६, २३; २७:१५; प्रे १७:२९

व्यवस्था ५:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२४; १कोरि. १०:१४
  • +प्रस्थ ३४:१४; व्य ४:२४; यसै ४२:८; मत्ति ४:१०
  • +प्रस्थ ३४:६, ७

व्यवस्था ५:१०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

व्यवस्था ५:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२८; लेवी १९:१२
  • +प्रस्थ २०:७; लेवी २४:१६

व्यवस्था ५:१२

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२३; २०:८-१०; ३१:१३

व्यवस्था ५:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:२१

व्यवस्था ५:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२९
  • +प्रस्थ २३:१२
  • +नहे १३:१५
  • +व्य १०:१७; एफि ६:९

व्यवस्था ५:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:६; व्य ४:३४

व्यवस्था ५:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २१:१५; लेवी १९:३; व्य २७:१६; हित १:८; मर्कु ७:१०
  • +प्रस्थ २०:१२; एफि ६:२, ३

व्यवस्था ५:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ९:६; प्रस्थ २०:१३; गन ३५:२०, २१; मत्ति ५:२१; रोमी १३:९

व्यवस्था ५:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१४; १कोरि. ६:१८; हिब्रू १३:४

व्यवस्था ५:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१५; लेवी १९:११; हित ३०:८, ९; १कोरि. ६:१०; एफि ४:२८

व्यवस्था ५:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१६; २३:१; लेवी १९:१६; व्य १९:१६-१९; हित ६:१६, १९; १९:५

व्यवस्था ५:२१

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:२८
  • +प्रस्थ २०:१७; लुका १२:१५; रोमी ७:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१९, पृ. २१-२२

    प्रहरीधरहरा,

    ५/१५/२०१२, पृ. ७

व्यवस्था ५:२२

फुटनोट

  • *

    शा., “शब्दहरू।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:९, १८
  • +प्रस्थ २४:१२; ३१:१८; व्य ४:१२, १३

व्यवस्था ५:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१८; हिब्रू १२:१८, १९

व्यवस्था ५:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:१७
  • +व्य ४:३३, ३६

व्यवस्था ५:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१९; हिब्रू १२:१८, १९

व्यवस्था ५:२८

मार्जिनल रेफरेन्स

  • +व्य १८:१६, १७

व्यवस्था ५:२९

मार्जिनल रेफरेन्स

  • +व्य १०:१२; अय्यु २८:२८; हित १:७; मत्ति १०:२८; १प २:१७
  • +हित ४:४; ७:२; उप १२:१३; यसै ४८:१८; १ युह ५:३
  • +भज १९:८, ११; या १:२५

व्यवस्था ५:३२

मार्जिनल रेफरेन्स

  • +व्य ६:३, २५; ८:१
  • +व्य १२:३२; यहो १:७, ८

व्यवस्था ५:३३

मार्जिनल रेफरेन्स

  • +व्य १०:१२
  • +व्य ४:४०; १२:२८; रोमी १०:५

अरू

व्यव. ५:२प्रस्थ १९:५; हिब्रू ९:१९, २०
व्यव. ५:४प्रस्थ १९:९, १८; प्रे ७:३८
व्यव. ५:५प्रस्थ २०:१९; गला ३:१९
व्यव. ५:५प्रस्थ १९:१६
व्यव. ५:६प्रस्थ १३:३; २०:२
व्यव. ५:७प्रस्थ २०:३-६; २रा १७:३५
व्यव. ५:८लेवी २६:१; व्य ४:१५, १६, २३; २७:१५; प्रे १७:२९
व्यव. ५:९प्रस्थ २३:२४; १कोरि. १०:१४
व्यव. ५:९प्रस्थ ३४:१४; व्य ४:२४; यसै ४२:८; मत्ति ४:१०
व्यव. ५:९प्रस्थ ३४:६, ७
व्यव. ५:११प्रस्थ २२:२८; लेवी १९:१२
व्यव. ५:११प्रस्थ २०:७; लेवी २४:१६
व्यव. ५:१२प्रस्थ १६:२३; २०:८-१०; ३१:१३
व्यव. ५:१३प्रस्थ ३४:२१
व्यव. ५:१४प्रस्थ १६:२९
व्यव. ५:१४प्रस्थ २३:१२
व्यव. ५:१४नहे १३:१५
व्यव. ५:१४व्य १०:१७; एफि ६:९
व्यव. ५:१५प्रस्थ ६:६; व्य ४:३४
व्यव. ५:१६प्रस्थ २१:१५; लेवी १९:३; व्य २७:१६; हित १:८; मर्कु ७:१०
व्यव. ५:१६प्रस्थ २०:१२; एफि ६:२, ३
व्यव. ५:१७उत्प ९:६; प्रस्थ २०:१३; गन ३५:२०, २१; मत्ति ५:२१; रोमी १३:९
व्यव. ५:१८प्रस्थ २०:१४; १कोरि. ६:१८; हिब्रू १३:४
व्यव. ५:१९प्रस्थ २०:१५; लेवी १९:११; हित ३०:८, ९; १कोरि. ६:१०; एफि ४:२८
व्यव. ५:२०प्रस्थ २०:१६; २३:१; लेवी १९:१६; व्य १९:१६-१९; हित ६:१६, १९; १९:५
व्यव. ५:२१मत्ति ५:२८
व्यव. ५:२१प्रस्थ २०:१७; लुका १२:१५; रोमी ७:७
व्यव. ५:२२प्रस्थ १९:९, १८
व्यव. ५:२२प्रस्थ २४:१२; ३१:१८; व्य ४:१२, १३
व्यव. ५:२३प्रस्थ २०:१८; हिब्रू १२:१८, १९
व्यव. ५:२४प्रस्थ २४:१७
व्यव. ५:२४व्य ४:३३, ३६
व्यव. ५:२७प्रस्थ २०:१९; हिब्रू १२:१८, १९
व्यव. ५:२८व्य १८:१६, १७
व्यव. ५:२९व्य १०:१२; अय्यु २८:२८; हित १:७; मत्ति १०:२८; १प २:१७
व्यव. ५:२९हित ४:४; ७:२; उप १२:१३; यसै ४८:१८; १ युह ५:३
व्यव. ५:२९भज १९:८, ११; या १:२५
व्यव. ५:३२व्य ६:३, २५; ८:१
व्यव. ५:३२व्य १२:३२; यहो १:७, ८
व्यव. ५:३३व्य १०:१२
व्यव. ५:३३व्य ४:४०; १२:२८; रोमी १०:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ५:१-३३

व्यवस्था

५ अनि मोसाले सबै इस्राएलीलाई बोलाएर यसो भने: “हे इस्राएली हो, मैले आज तिमीहरूलाई बताउन लागेको नीतिनियम र विधिविधान सुन। ती नीतिनियम र विधिविधानबारे सिक र ती होसियार भई पालन गर। २ यहोवा हाम्रा परमेश्‍वरले हामीसित होरेबमा एउटा करार गर्नुभएको थियो।+ ३ यहोवा परमेश्‍वरले त्यो करार हाम्रा पुर्खासित होइन तर हामीसित, हो अहिले यहाँ जीवित रहेका हामी सबैसित गर्नुभएको थियो। ४ यहोवा परमेश्‍वरले त्यस डाँडामा आगोको बीचबाट तिमीहरूसित आमनेसामने कुरा गर्नुभएको थियो।+ ५ त्यसबेला म तिमीहरूलाई यहोवा परमेश्‍वरको सन्देश सुनाउन यहोवा परमेश्‍वर र तिमीहरूको बीचमा उभिएको थिएँ+ किनभने तिमीहरू डाँडामा आगो बलेको देखेर डराएका थियौ र त्यहाँ उक्लेका थिएनौ।+ तब उहाँले यसो भन्‍नुभयो:

६ “‘तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउने म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।+ ७ तिमीहरूले मबाहेक* अरू कुनै देवीदेवतालाई नमान्‍नू।+

८ “‘तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू;+ माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू। ९ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्‍वर मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु।+ १० तर मलाई प्रेम गर्ने र मेरो आज्ञा पालन गर्नेहरूलाई म तिनीहरूको हजारौँ पुस्तासम्म अटल प्रेम* देखाउनेछु।

११ “‘तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको नाम व्यर्थमा नलिनू+ किनकि उहाँको नाम व्यर्थमा लिनेलाई यहोवा परमेश्‍वरले सजाय नदिई छोड्‌नुहुन्‍न।+

१२ “‘यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्‍नू।+ १३ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्‌ध्याउनू।+ १४ तर सातौँ दिन भने यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो।+ त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका गोरु वा गधाले, तिमीहरूका कुनै पनि घरपालुवा जनावरले वा तिमीहरूको सहरमा बस्ने कोही पनि विदेशीले+ कुनै काम नगर्नू।+ यसरी तिमीहरूका दास र दासीले पनि तिमीहरूले जस्तै आराम गर्न पाउनेछन्‌।+ १५ मिश्रमा छँदा तिमीहरू दास थियौ र यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो शक्‍तिशाली र पराक्रमी हात प्रयोग गरेर तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो भन्‍ने कुरा नबिर्स।+ त्यसैले यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विश्रामदिन मान्‍ने आज्ञा दिनुभयो।

१६ “‘यहोवा तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू।+ यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ र तिमीहरूको फलिफाप हुनेछ।+

१७ “‘तिमीहरूले हत्या नगर्नू।+

१८ “‘तिमीहरूले व्यभिचार* नगर्नू।+

१९ “‘तिमीहरूले चोरी नगर्नू।+

२० “‘तिमीहरूले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।+

२१ “‘तिमीहरूले आफ्नो छिमेकीकी पत्नीको लोभ नगर्नू।+ तिनको घर, जग्गाजमिन, दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।’+

२२ “तिमीहरूको पूरै समुदायसित डाँडामा आगोबाट बोल्नुहुँदा यहोवा परमेश्‍वरले यी आज्ञाहरू* दिनुभएको थियो। त्यसबेला त्यस ठाउँलाई बाक्लो बादलले ढाकेको थियो अनि त्यहाँ घोर अन्धकार छाएको थियो+ र उहाँले तिमीहरू सबैसित ठूलो स्वरमा कुरा गर्नुभएको थियो। उहाँले यी आज्ञाहरूमा अरू केही थप्नुभएन। अनि उहाँले यी आज्ञाहरू ढुङ्‌गाका दुई वटा पाटीमा लेख्नुभयो र मलाई दिनुभयो।+

२३ “डाँडामा आगो बलिरहेको थियो।+ अनि घोर अन्धकारबाट तिमीहरूले परमेश्‍वरको स्वर सुन्‍नेबित्तिकै तिमीहरूका कुलहरूका अगुवाहरू र नाइकेहरू मकहाँ आए। २४ त्यसपछि तिमीहरूले भन्यौ, ‘यहोवा हाम्रा परमेश्‍वरले हामीलाई आफ्नो महानता र महिमा देखाउनुभएको छ अनि हामीले आगोको बीचबाट उहाँको स्वर सुन्यौँ।+ आज हामीले थाह पायौँ, परमेश्‍वर मानिसहरूसित बोल्नुहुन्छ र उहाँको स्वर सुने पनि मानिसहरू जीवित रहन सक्छन्‌।+ २५ तर यस भयानक आगोले हामीलाई भस्म गर्न सक्छ; हामी मर्न चाहँदैनौँ। यदि हामीले यहोवा परमेश्‍वरको स्वर सुनिरह्‍यौँ भने त हामी पक्कै मर्नेछौँ। २६ यसरी जीवित परमेश्‍वरले आगोको बीचबाट बोलेको सुनेर पनि जीवित रहने हामीजस्तो मानिस अरू को होला र? २७ अब यहोवा हाम्रा परमेश्‍वर के-के भन्‍नुहुन्छ, त्यो सुन्‍न तपाईँ नै उहाँको नजिक जानुहोस्‌। अनि यहोवा हाम्रा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा हामीलाई बताउनुहोस्‌। हामी तपाईँको कुरा सुन्‍नेछौँ र त्यसैअनुसार गर्नेछौँ।’+

२८ “यहोवा परमेश्‍वरले तिमीहरूले भनेका सबै कुरा सुन्‍नुभयो। त्यसैले यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘यी मानिसहरूले तिमीलाई भनेका कुरा मैले सुनेँ। तिनीहरूको कुरा ठीक हो।+ २९ यदि तिनीहरूले मनैदेखि मेरो डर मानिरहे+ र मेरा सबै आज्ञा पालन गरिरहे भने+ तिनीहरूको अनि तिनीहरूका सन्तानको सधैँ भलो हुनेछ।+ ३० जाऊ, तिनीहरूलाई “आ-आफ्नो पालमा फर्क” भन। ३१ तर तिमीचाहिँ मेरो नजिकै बस। म तिमीलाई मेरा सबै आज्ञा, नीतिनियम र विधिविधान बताउनेछु। त्यसपछि गएर तिमीले ती सबै कुरा इस्राएलीहरूलाई सिकाउनू। अनि मैले तिनीहरूको अधिकारमा दिन लागेको देशमा तिनीहरूले ती पालन गरून्‌।’ ३२ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जे-जे आज्ञा दिनुभएको छ, ती तिमीहरूले होसियारीसाथ पालन गर्नू।+ तिमीहरू त्यसबाट दायाँबायाँ नलाग्नू;+ ३३ यहोवा परमेश्‍वरले देखाउनुभएको बाटोमा मात्र हिँड्‌नू।+ यसो गऱ्‍यौ भने मात्र तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरू दीर्घायु हुनेछौ र त्यहाँ तिमीहरूको फलिफाप हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने