दाउदको रचना।
२६ हे यहोवा, मेरो न्याय गर्नुहोस् किनकि म मेरो निष्ठामा हिँडेको छु;+
ढलपल नभई मैले यहोवामा भरोसा राखेको छु।+
 २ हे यहोवा, मलाई जाँच्नुहोस्, मलाई पारख गरेर हेर्नुहोस्;
मेरा भित्री विचारहरू र मेरो हृदयलाई खार्नुहोस्।+
 ३ किनकि तपाईँको अटल प्रेम सदा मेरो सामुन्ने छ
र म तपाईँको सत्यको मार्गमा हिँडेको छु।+
 ४ म छली मानिसहरूसित सङ्गत गर्दिनँ;+
कपटीहरूदेखि म टाढै रहन्छु।
 ५ कुकर्मीहरूको सङ्गतलाई म घृणा गर्छु;+
दुष्टहरूसित उठबस गर्न म इन्कार गर्छु।+
 ६ हे यहोवा, निर्दोषतामा म आफ्नो हात धुनेछु,
तपाईँको वेदी म रिङ्गै घुम्नेछु।
 ७ अनि ठूलो स्वरमा म तपाईँलाई धन्यवाद चढाउनेछु;+
तपाईँका अचम्मका कामहरूको घोषणा गर्नेछु।
 ८ हे यहोवा, म तपाईँको भवनलाई माया गर्छु, जहाँ तपाईँ बास गर्नुहुन्छ,+
जहाँ तपाईँको महिमा छाएको छ।+
 ९ पापीहरूसँगसँगै मलाई नबढार्नुहोस्;+
हिंस्रक मानिसहरूसँगै मेरो ज्यान नलिनुहोस्,
१० जसको हात लाजमर्दो काममा मुछिएको छ
र जसको दायाँ हात घुसले भरिएको छ।
११ तर म त मेरो निष्ठामा हिँड्नेछु।
मलाई बचाउनुहोस् र मलाई अनुग्रह देखाउनुहोस्।
१२ मेरो खुट्टाले समतल ठाउँमा टेकेको छ;+
म ठूलो समुदायमा यहोवाको प्रशंसा गर्नेछु।+