प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • याकुब एसावलाई भेट्‌छन्‌ (१-१६)

      • याकुब सकेमतिर लाग्छन्‌ (१७-२०)

उत्पत्ति ३३:१

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:६
  • +उत्प ३२:२२

उत्पत्ति ३३:२

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:७, १२
  • +उत्प ३०:१९
  • +उत्प ३०:२२-२४

उत्पत्ति ३३:५

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:२२; भज १२७:३

उत्पत्ति ३३:७

मार्जिनल रेफरेन्स

  • +उत्प ३३:२

उत्पत्ति ३३:८

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:१६
  • +उत्प ३२:४, ५

उत्पत्ति ३३:९

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:६, ७

उत्पत्ति ३३:१०

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:११, २०

उत्पत्ति ३३:११

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:४३
  • +उत्प ३२:१३-१५

उत्पत्ति ३३:१३

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:१७

उत्पत्ति ३३:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/२००५, पृ. १८

उत्पत्ति ३३:१७

फुटनोट

  • *

    यसको अर्थ हो, “झूप्रो; छाप्रो।”

मार्जिनल रेफरेन्स

  • +यहो १३:२४, २७; १रा ७:४६

उत्पत्ति ३३:१८

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२०; २८:६
  • +उत्प १०:१९; १२:६
  • +यहो २४:१

उत्पत्ति ३३:१९

मार्जिनल रेफरेन्स

  • +यहो २४:३२; प्रे ७:१५, १६

उत्पत्ति ३३:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ३५:१, ७

अरू

उत्प. ३३:१उत्प ३२:६
उत्प. ३३:१उत्प ३२:२२
उत्प. ३३:२उत्प ३०:७, १२
उत्प. ३३:२उत्प ३०:१९
उत्प. ३३:२उत्प ३०:२२-२४
उत्प. ३३:५उत्प ३२:२२; भज १२७:३
उत्प. ३३:७उत्प ३३:२
उत्प. ३३:८उत्प ३२:१६
उत्प. ३३:८उत्प ३२:४, ५
उत्प. ३३:९उत्प ३६:६, ७
उत्प. ३३:१०उत्प ३२:११, २०
उत्प. ३३:११उत्प ३०:४३
उत्प. ३३:११उत्प ३२:१३-१५
उत्प. ३३:१३उत्प ३१:१७
उत्प. ३३:१४उत्प ३२:३
उत्प. ३३:१७यहो १३:२४, २७; १रा ७:४६
उत्प. ३३:१८उत्प २५:२०; २८:६
उत्प. ३३:१८उत्प १०:१९; १२:६
उत्प. ३३:१८यहो २४:१
उत्प. ३३:१९यहो २४:३२; प्रे ७:१५, १६
उत्प. ३३:२०उत्प ३५:१, ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ३३:१-२०

उत्पत्ति

३३ याकुबले आँखा उठाएर हेर्दा एसाव ४०० जना मानिसको दलबलसहित आइरहेको देखे।+ त्यसैले तिनले आफ्ना बच्चाहरूलाई लेआ, राहेल र दुई दासीको जिम्मा लगाए।+ २ तिनले सबैभन्दा अगाडि दुई दासी र तिनीहरूका बच्चाहरूलाई,+ त्यसपछि लेआ र उनका बच्चाहरूलाई+ अनि अन्तमा राहेल+ र युसुफलाई राखे। ३ त्यसपछि तिनी सबैभन्दा अगाडि गए र दाइको नजिकै पुग्न लाग्दा भुईँमा घुँडा टेकेर सात चोटि दण्डवत्‌ गर्दै अघि बढे।

४ एसाव दौडेर आफ्ना भाइ याकुबलाई भेट्‌न गए। तिनले याकुबलाई अङ्‌गालो हाले र म्वाइँ खाए अनि दुवै जना धुरुधुरु रोए। ५ स्त्रीहरू र बालबच्चाहरू देखेपछि एसावले याकुबलाई सोधे: “यिनीहरू को हुन्‌?” याकुबले जवाफ दिए: “परमेश्‍वरको कृपाले जन्मिएका हजुरको दासका छोराछोरीहरू।”+ ६ त्यसपछि दासीहरू आफ्ना बालबच्चा लिएर अगाडि आए र एसावलाई दण्डवत्‌ गरे। ७ अनि लेआ पनि आफ्ना बालबच्चा लिएर अगाडि आइन्‌ र तिनीहरूले पनि दण्डवत्‌ गरे। त्यसपछि युसुफ राहेलसँगै अगाडि आए र तिनीहरूले पनि दण्डवत्‌ गरे।+

८ एसावले सोधे: “तिमीले मकहाँ यति धेरै मानिस र बथानका बथान पशुहरू किन पठायौ?”+ याकुबले जवाफ दिए: “हे प्रभु! हजुरको निगाह पाउन सकूँ भनेर।”+ ९ तर एसावले भने: “मेरो भाइ, मसित प्रशस्तै छ।+ ती तिमीसितै राख।” १० तर याकुबले भने: “होइन हजुर! मैले हजुरको निगाह पाएको छु भने कृपया मेरो कोसेली स्विकार्नुहोस्‌। मैले हजुरको दर्शन पाउन सकूँ भनेर हजुरकहाँ ती कोसेली पठाएको हुँ। हजुरले मलाई खुसी-खुसी स्विकार्नुभयो; बस्‌, मलाई परमेश्‍वरकै दर्शन पाएसरह भयो।+ ११ परमेश्‍वरको आशिष्‌ले गर्दा मलाई केही अपुग छैन।+ हजुरको पनि सधैँ भलो होस्‌ भन्‍ने कामना गर्दै मैले ती कोसेली पठाएको हुँ।+ त्यसैले कृपया ती स्विकार्नुहोस्‌।” तिनले एसावलाई कर गरिरहे र अन्तमा एसावले ती स्विकारे।

१२ त्यसपछि एसावले भने: “आऊ, अब हामी सँगै जाऔँ। म तिमीलाई बाटो देखाउँदै लैजान्छु।” १३ तर याकुबले यस्तो जवाफ दिए: “मेरा प्रभुले देखिहाल्नुभयो, मेरा छोराछोरी सानै छन्‌।+ अनि मेरो बगालमा भर्खरै ब्याएका भेडाबाख्रा र गाईवस्तु पनि छन्‌; तिनीहरूलाई एक दिन मात्र छिटो हिँडायो भने सबै वस्तुभाउ मरिहाल्छन्‌। १४ त्यसैले बिन्ती छ प्रभु, हजुर नै अघि जानुहोस्‌। मचाहिँ सेइरमा+ हजुरकहाँ नपुगुन्जेल मेरा वस्तुभाउ र बालबच्चासित तिनीहरूकै चालमा बिस्तारै आउँछु।” १५ अनि एसावले यस्तो आग्रह गरे: “हुन्छ, त्यसोभए मेरा केही मानिस यहाँ छोड्‌छु, तिनीहरूसँगै आऊ।” तर याकुबले भने: “दुःख नगर्नुहोस्‌ प्रभु! मैले हजुरको निगाह पाएँ। मलाई त्यति भए पुग्छ।” १६ त्यसैले एसाव त्यही दिन सेइर फर्के।

१७ याकुब भने सुक्कोथतिर+ लागे। तिनले त्यहाँ आफ्नो लागि घर अनि बगालको लागि छाप्राहरू बनाए। त्यसैले त्यस ठाउँको नाम तिनले सुक्कोथ* राखे।

१८ पद्दान-अरामबाट+ हिँडेपछि याकुब कनानको+ सकेम+ सहरमा सकुशल पुगे। अनि तिनले सहरनजिकै आफ्नो पाल टाँगे। १९ तिनले आफ्नो पाल टाँग्न हामोरका छोराहरूसँग चाँदीको १०० टुक्रामा एउटा जमिन किने।+ हामोरका एक जना छोराको नाम सकेम थियो। २० त्यहाँ याकुबले एउटा वेदी बनाए र त्यसको नाम ‘परमेश्‍वर, इस्राएलका परमेश्‍वर’ राखे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने