भजनसङ्ग्रह
निर्देशकलाई; तारे बाजाहरूसित बजाउने। मास्किल।* जिफका मानिसहरूले साउललाई “दाउद हामीकहाँ लुक्न आएका छन्” भनी खबर दिएको बेला दाउदले रचेको भजन।+
२ हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्;+
मेरो मुखको वचनमा ध्यान दिनुहोस्।
३ किनकि अनजान मानिसहरू मेरो विरुद्धमा खडा भएका छन्,
कठोर मानिसहरू मेरो ज्यानको पछि लागेका छन्।+
४ हेर! परमेश्वर मेरो मदतगार हुनुहुन्छ;+
मलाई साथ दिनेहरूको साथमा यहोवा हुनुहुन्छ।
५ उहाँले मेरा शत्रुहरूलाई तिनीहरूकै चालमा फसाइदिनुहुनेछ;+
तिनीहरूको अन्त गरिदिनुहोस्* किनकि तपाईँ विश्वासयोग्य हुनुहुन्छ।+