भजनसङ्ग्रह
निर्देशकलाई; महालथ* शैलीमा। मास्किल।* दाउदको रचना।
५३ मूर्खले मनमनै भन्छ:
“यहोवा हुनुहुन्न।”+
तिनीहरूका कामहरू खराब छन्, भ्रष्ट र घृणित छन्।
असल काम गर्ने कोही छैन।+
२ तर बुद्धिमान्* कोही छ कि, यहोवालाई खोज्ने कोही छ कि+ भनेर
परमेश्वर स्वर्गबाट मानिसहरूलाई+ हेर्नुहुन्छ।
३ तिनीहरू सबै तर्केका छन्;
तिनीहरू सबै भ्रष्ट भएका छन्।
असल काम गर्ने कोही छैन,
अहँ, एक जना पनि छैन।+
४ के दुष्टहरूमध्ये कसैको पनि समझ छैन?
तिनीहरू मेरा मानिसहरूलाई रोटीझैँ खर्लप्प पार्छन्।
तिनीहरू यहोवालाई पुकार्दैनन्।+
५ तर तिनीहरूलाई त्रासले छोप्नेछ;
यस्तो त्रास, जुन तिनीहरूले पहिला कहिल्यै महसुस गरेका थिएनन्।*
किनकि तिमीहरूलाई आक्रमण गर्नेहरूको* हड्डी परमेश्वरले छरपस्ट पारिदिनुहुनेछ।
तिमीहरूले तिनीहरूलाई लाजमा पार्नेछौ किनकि यहोवाले तिनीहरूलाई तिरस्कार गर्नुभएको छ।
६ इस्राएलको उद्धार सियोनबाटै आओस्!+
कैदमा परेका आफ्ना मानिसहरूलाई यहोवाले फर्काउनुहुँदा
याकुब रमाओस्, इस्राएल आनन्दित होस्!