प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • बेबिलोनको जुवा (१-११)

      • सिदकियाहलाई बेबिलोनको अधीनमा बस्न भनियो (१२-२२)

यर्मिया २७:२

फुटनोट

  • *

    जुवामा बाँध्ने डोरी।

यर्मिया २७:३

मार्जिनल रेफरेन्स

  • +इज २५:१२, १३; ओब १
  • +यर्मि ४८:१; इज २५:८, ९
  • +यर्मि ४९:१, २; इज २५:२
  • +यसै २३:१; यर्मि ४७:४; इज २६:३
  • +यसै २३:४; इज २८:२१; योए ३:४

यर्मिया २७:५

मार्जिनल रेफरेन्स

  • +दा ४:१७

यर्मिया २७:६

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:९; २८:१४; ४३:१०; दा २:३७, ३८

यर्मिया २७:७

मार्जिनल रेफरेन्स

  • +भज १३७:८; यर्मि ५०:१४, २७; दा ५:२६, ३०
  • +यर्मि २५:१२, १४; ५१:११

यर्मिया २७:८

फुटनोट

  • *

    वा “रोग।”

मार्जिनल रेफरेन्स

  • +इज २६:७, ८

यर्मिया २७:१२

मार्जिनल रेफरेन्स

  • +२रा २४:१७; १इ ३:१५; यर्मि ३७:१
  • +यर्मि ३८:२, २०

यर्मिया २७:१३

मार्जिनल रेफरेन्स

  • +२रा २५:७
  • +२रा २५:३
  • +यर्मि २१:९; इज १४:२१

यर्मिया २७:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि २८:१, २, ११; ३७:१९
  • +यर्मि १४:१४; २३:२१; २८:१५; २९:८, ९; इज १३:६

यर्मिया २७:१५

मार्जिनल रेफरेन्स

  • +यर्मि २०:६; २९:२१; इज १३:३

यर्मिया २७:१६

मार्जिनल रेफरेन्स

  • +२रा २४:११, १३; २इ ३६:७; यर्मि २८:१-३; दा १:१, २
  • +यर्मि १४:१३

यर्मिया २७:१७

मार्जिनल रेफरेन्स

  • +यर्मि २७:११; ३८:१७

यर्मिया २७:१९

फुटनोट

  • *

    अर्थात्‌, मन्दिरमा भएको ‘समुद्र’ भनिने विशाल खड्‌कुँलो।

मार्जिनल रेफरेन्स

  • +१रा ७:१५; २रा २५:१७; २इ ४:११, १२; यर्मि ५२:२१
  • +१रा ७:२३
  • +१रा ७:२७; २रा २५:१६; २इ ४:११, १४

यर्मिया २७:२०

मार्जिनल रेफरेन्स

  • +२रा २४:१४, १५; २इ ३६:१०; यर्मि २४:१; दा १:२, ३

यर्मिया २७:२२

मार्जिनल रेफरेन्स

  • +२रा २५:१३, १४; २इ ३६:१८; यर्मि ५२:१७, १८; दा ५:३
  • +एज्रा १:७; ५:१४

अरू

यर्मि. २७:३इज २५:१२, १३; ओब १
यर्मि. २७:३यर्मि ४८:१; इज २५:८, ९
यर्मि. २७:३यर्मि ४९:१, २; इज २५:२
यर्मि. २७:३यसै २३:१; यर्मि ४७:४; इज २६:३
यर्मि. २७:३यसै २३:४; इज २८:२१; योए ३:४
यर्मि. २७:५दा ४:१७
यर्मि. २७:६यर्मि २५:९; २८:१४; ४३:१०; दा २:३७, ३८
यर्मि. २७:७भज १३७:८; यर्मि ५०:१४, २७; दा ५:२६, ३०
यर्मि. २७:७यर्मि २५:१२, १४; ५१:११
यर्मि. २७:८इज २६:७, ८
यर्मि. २७:१२२रा २४:१७; १इ ३:१५; यर्मि ३७:१
यर्मि. २७:१२यर्मि ३८:२, २०
यर्मि. २७:१३२रा २५:७
यर्मि. २७:१३२रा २५:३
यर्मि. २७:१३यर्मि २१:९; इज १४:२१
यर्मि. २७:१४यर्मि २८:१, २, ११; ३७:१९
यर्मि. २७:१४यर्मि १४:१४; २३:२१; २८:१५; २९:८, ९; इज १३:६
यर्मि. २७:१५यर्मि २०:६; २९:२१; इज १३:३
यर्मि. २७:१६२रा २४:११, १३; २इ ३६:७; यर्मि २८:१-३; दा १:१, २
यर्मि. २७:१६यर्मि १४:१३
यर्मि. २७:१७यर्मि २७:११; ३८:१७
यर्मि. २७:१९१रा ७:१५; २रा २५:१७; २इ ४:११, १२; यर्मि ५२:२१
यर्मि. २७:१९१रा ७:२३
यर्मि. २७:१९१रा ७:२७; २रा २५:१६; २इ ४:११, १४
यर्मि. २७:२०२रा २४:१४, १५; २इ ३६:१०; यर्मि २४:१; दा १:२, ३
यर्मि. २७:२२२रा २५:१३, १४; २इ ३६:१८; यर्मि ५२:१७, १८; दा ५:३
यर्मि. २७:२२एज्रा १:७; ५:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया २७:१-२२

यर्मिया

२७ योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको शासनकालको सुरुमा यर्मियाकहाँ यहोवाको यो वचन आयो: २ “यहोवाले मलाई यसो भन्‍नुभयो, ‘आफ्नो निम्ति जुवाहरू र जोतारोहरू* बनाऊ र त्यसलाई आफ्नो गर्दनमा बोक। ३ त्यसपछि एदोमका राजा,+ मोआबका राजा,+ अम्मोनका राजा,+ टायरका राजा+ र सिदोनका राजाकहाँ+ ती जुवा र जोतारोहरू पठाऊ। यहुदाका राजा सिदकियाहलाई भेट्‌न यरुसलेममा आएका सन्देशवाहकहरूमार्फत ती पठाऊ। ४ ती सन्देशवाहकहरूलाई यस्तो सन्देश दिएर तिनीहरूका आ-आफ्ना मालिककहाँ पठाऊ:

“‘“सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, तिमीहरूले आ-आफ्नो मालिकलाई यसो भन्‍नू, ५ ‘यो पृथ्वी अनि यसमा भएका मानिस र जनावरहरू बनाउने मै हुँ। मैले आफ्नो अथाह शक्‍ति र बलियो पाखुराले ती बनाएँ। मैले जसलाई चाहेँ, त्यसैलाई ती सुम्पिदिएँ।+ ६ अब म यी सबै देश मेरो सेवक अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरलाई दिन्छु।+ त्यहाँ भएका जङ्‌गली जनावरहरूसमेत म उसलाई सुम्पन्छु। ७ जबसम्म बेबिलोनको पतन हुने बेला आउँदैन, तबसम्म सबै देशले उसको, उसको छोराको र उसको नातिको सेवा गर्नेछन्‌।+ त्यसपछि अरू देश र महाराजाहरूले बेबिलोनलाई आफ्नो दास बनाउनेछन्‌।’+

८ “‘“यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘यदि कुनै जाति वा देशले बेबिलोनका राजा नबुकद्‌नेजरको सेवा गर्न इन्कार गऱ्‍यो र उसको जुवा आफ्नो गर्दनमा बोक्न मानेन भने म त्यसलाई दण्ड दिनेछु। जबसम्म म त्यो देशलाई बेबिलोनका राजाको हातबाट नाश गर्दिनँ, तबसम्म म त्यसलाई तरबार,+ अनिकाल र महामारी* पठाएर दण्ड दिनेछु।’

९ “‘“‘त्यसैले तिमीहरूका भविष्यवक्‍ताहरू, जोखना हेर्नेहरू, स्वप्नदर्शीहरू, जादुगरहरू र तान्त्रिकहरूले भनेका कुरामा ध्यान नदेऊ, जसले तिमीहरूलाई यसो भन्छन्‌: “तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन।” १० किनकि तिनीहरूले तिमीहरूसित झूट बोलिरहेका छन्‌। तिनीहरूको कुरा सुन्यौ भने म तिमीहरूलाई छरपस्ट पारिदिनेछु, तिमीहरू टाढाको देशमा लगिनेछौ र त्यहीँ नाश हुनेछौ।

११ “‘“‘तर जुन जाति बेबिलोनका राजाको जुवा आफ्नो गर्दनमा थाप्नलाई निहुरिन्छ र उसको सेवा गर्छ, त्यो जातिलाई म तिनीहरूको आफ्नै देशमा रहिरहन दिनेछु। त्यहाँका मानिसहरूले आफ्नै भूमिमा बसिरहन र खेतीकिसानी गरिरहन पाउनेछन्‌,’ यहोवा घोषणा गर्नुहुन्छ।”’”

१२ अनि यही कुरा मैले यहुदाका राजा सिदकियाहलाई+ पनि सुनाएँ। मैले तिनलाई यसो भनेँ: “बेबिलोनका राजाको जुवा आफ्नो गर्दनमा बोक्नलाई निहुरिनुहोस्‌ अनि तिनको र तिनका मानिसहरूको सेवा गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँ जीवितै रहन पाउनुहुनेछ।+ १३ बेबिलोनका राजाको सेवा नगर्ने देशलाई तरबार,+ अनिकाल+ र रुढीले+ नाश गर्नेछु भनी यहोवाले बताउनुभएको छ। तपाईँ र तपाईँका मानिसहरू किन बिनसित्ति नाश हुने? १४ ‘तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन’ भनेर बताउने भविष्यवक्‍ताहरूको कुरा नसुन्‍नुहोस्‌+ किनकि तिनीहरूले तपाईँसित झूट बोलिरहेका छन्‌।+

१५ “यहोवा घोषणा गर्नुहुन्छ, ‘ती भविष्यवक्‍ताहरूलाई मैले पठाएको होइनँ। तैपनि तिनीहरू मेरो नाममा झूटो भविष्यवाणी गर्छन्‌। ती भविष्यवक्‍ताहरूको कुरा सुन्यौ भने म तिमीलाई तिनीहरूसँगसँगै छरपस्ट पारिदिनेछु र तिमी नाश हुनेछौ।’”+

१६ अनि पुजारीहरू र सबै मानिसलाई मैले भनेँ: “यहोवा यसो भन्‍नुहुन्छ, ‘“यहोवाको भवनबाट बेबिलोन लगिएका सरसामान अब छिट्टै फिर्ता ल्याइनेछन्‌” भनेर भविष्यवाणी गर्ने भविष्यवक्‍ताहरूको कुरा नसुन।+ किनकि तिनीहरूले तिमीहरूसित झूट बोलिरहेका छन्‌।+ १७ तिनीहरूको कुरा सुन्दै नसुन। बेबिलोनका राजाको सेवा गर र आफ्नो ज्यान जोगाऊ।+ नत्र भने यो सहर तहसनहस हुनेछ। १८ तर तिनीहरू भविष्यवक्‍ताहरू हुन्‌ र तिनीहरूसित यहोवाको वचन छ भने यहोवाको भवन, यहुदाका राजाको महल र यरुसलेममा बाँकी रहेका सरसामान बेबिलोनमा नलगिऊन्‌ भनेर तिनीहरूले सेनाहरूका यहोवालाई बिन्ती गरून्‌।’

१९ “मन्दिरका खम्बाहरू,+ खड्‌कुँलो,*+ ठेलागाडाहरू+ र यस सहरमा बाँकी रहेका अरू सबै सरसामानबारे सेनाहरूका यहोवाको एउटा सन्देश छ। २० बेबिलोनका राजा नबुकद्‌नेजरले यहोयाकिमका छोरा, यहुदाका राजा यकोनिया अनि यहुदा र यरुसलेमका सबै प्रतिष्ठित मानिसहरूलाई यरुसलेमबाट कैद गरेर बेबिलोन लैजाँदा ती सरसामान आफूसित लगेका थिएनन्‌।+ २१ यहोवाको भवन, यहुदाका राजाको महल र यरुसलेममा बाँकी रहेका ती सरसामानबारे सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: २२ ‘“ती सबै बेबिलोन लगिनेछन्‌+ र जबसम्म म ती सरसामानतर्फ ध्यान लगाउँदिनँ, तबसम्म ती त्यहीँ रहनेछन्‌। त्यसपछि म ती सरसामान पहिले जहाँ थिए, त्यहीँ फर्काएर ल्याउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने