प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • युसुफको चाँदीको कचौरा बिन्यामिनको धोक्रोमा (१-१७)

      • यहुदा बिन्यामिनको लागि बिन्ती गर्छन्‌ (१८-३४)

उत्पत्ति ४४:१

मार्जिनल रेफरेन्स

  • +उत्प ४२:२५

उत्पत्ति ४४:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २९

उत्पत्ति ४४:८

मार्जिनल रेफरेन्स

  • +उत्प ४३:१२

उत्पत्ति ४४:१२

मार्जिनल रेफरेन्स

  • +उत्प ४४:२

उत्पत्ति ४४:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ४३:८; ४४:३२
  • +उत्प ३७:७, ९

उत्पत्ति ४४:१५

मार्जिनल रेफरेन्स

  • +उत्प ४४:५

उत्पत्ति ४४:१६

मार्जिनल रेफरेन्स

  • +उत्प ३७:१८, २८; ४२:२१, २२

उत्पत्ति ४४:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ४४:९

उत्पत्ति ४४:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:४४; ४५:८

उत्पत्ति ४४:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ४२:१३; ४३:७
  • +उत्प ३७:३१-३४
  • +उत्प ३५:१८, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२०१५, पृ. १४

उत्पत्ति ४४:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ४२:१५; ४३:२९

उत्पत्ति ४४:२२

मार्जिनल रेफरेन्स

  • +उत्प ४२:३८

उत्पत्ति ४४:२३

मार्जिनल रेफरेन्स

  • +उत्प ४२:२०

उत्पत्ति ४४:२५

मार्जिनल रेफरेन्स

  • +उत्प ४३:२

उत्पत्ति ४४:२६

मार्जिनल रेफरेन्स

  • +उत्प ४३:५

उत्पत्ति ४४:२७

मार्जिनल रेफरेन्स

  • +उत्प २९:१८; ३०:२२-२४; ३५:१८, १९; ४६:१९

उत्पत्ति ४४:२८

मार्जिनल रेफरेन्स

  • +उत्प ३७:३३

उत्पत्ति ४४:२९

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प ३७:३४, ३५; ४२:३८; भज ८८:३
  • +भज १६:१०; उप ९:१०; होसे १३:१४; प्रे २:२७; प्रका २०:१३

उत्पत्ति ४४:३१

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

उत्पत्ति ४४:३२

मार्जिनल रेफरेन्स

  • +उत्प ४३:९

उत्पत्ति ४४:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२०१५, पृ. १४-१५

अरू

उत्प. ४४:१उत्प ४२:२५
उत्प. ४४:८उत्प ४३:१२
उत्प. ४४:१२उत्प ४४:२
उत्प. ४४:१४उत्प ४३:८; ४४:३२
उत्प. ४४:१४उत्प ३७:७, ९
उत्प. ४४:१५उत्प ४४:५
उत्प. ४४:१६उत्प ३७:१८, २८; ४२:२१, २२
उत्प. ४४:१७उत्प ४४:९
उत्प. ४४:१८उत्प ४१:४४; ४५:८
उत्प. ४४:२०उत्प ४२:१३; ४३:७
उत्प. ४४:२०उत्प ३७:३१-३४
उत्प. ४४:२०उत्प ३५:१८, १९
उत्प. ४४:२१उत्प ४२:१५; ४३:२९
उत्प. ४४:२२उत्प ४२:३८
उत्प. ४४:२३उत्प ४२:२०
उत्प. ४४:२५उत्प ४३:२
उत्प. ४४:२६उत्प ४३:५
उत्प. ४४:२७उत्प २९:१८; ३०:२२-२४; ३५:१८, १९; ४६:१९
उत्प. ४४:२८उत्प ३७:३३
उत्प. ४४:२९उत्प ३७:३४, ३५; ४२:३८; भज ८८:३
उत्प. ४४:२९भज १६:१०; उप ९:१०; होसे १३:१४; प्रे २:२७; प्रका २०:१३
उत्प. ४४:३२उत्प ४३:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ४४:१-३४

उत्पत्ति

४४ त्यसपछि युसुफले आफ्नो घरको रेखदेख गर्ने मानिसलाई यस्तो आदेश दिए: “ती मानिसहरूको धोक्रोमा उनीहरूले बोक्न सक्नेजति अन्‍न भरिदेऊ र उनीहरूको पैसा पनि धोक्रोको मुखमा राखिदेऊ।+ २ तर कान्छोको धोक्रोमा पैसासँगै मेरो चाँदीको कचौरा पनि राखिदेऊ।” युसुफले अह्राएझैँ उसले गऱ्‍यो।

३ भोलिपल्ट उज्यालो भएपछि उनीहरूलाई आ-आफ्नो गधासँगै त्यहाँबाट पठाइयो। ४ उनीहरू सहरबाट निस्केर अलि पर पुग्न नपाउँदै युसुफले आफ्नो घरको रेखदेख गर्ने मानिसलाई यसो भने: “उठ! ती मानिसहरूको पछिपछि जाऊ! अनि उनीहरूलाई भेट्टाएपछि यसो भन: ‘तिमीहरूले किन गुनको साटो बैगुन गऱ्‍यौ? ५ तिमीहरूले मेरो मालिकको कचौरा किन चोऱ्‍यौ? उहाँले यही कचौराबाट पिउँदै शकुन-अपशकुन पत्ता लगाउनुहुन्थ्यो। तिमीहरूले कसरी यस्तो नीच काम गऱ्‍यौ?’”

६ उनीहरूलाई भेट्टाएपछि युसुफको घरको रेखदेख गर्ने मानिसले त्यसै भन्यो। ७ तर उनीहरूले यस्तो जवाफ दिए: “हजुर के भन्दै हुनुहुन्छ? हामी हजुरका दासहरूले मनमा समेत त्यस्तो खराब कुरा चिताएका छैनौँ। ८ हामीले पहिले धोक्रोमा फेला पारेको पैसा त फिर्ता गऱ्‍यौँ+ भने हजुरको मालिकको घरबाट सुनचाँदी किन चोर्थ्यौँ होला र? ९ हामी हजुरका दासहरूमध्ये कसैसित त्यो फेला पऱ्‍यो भने हजुरले उसको ज्यान लिनुहोस्‌ अनि हामी बाँकी पनि हजुरका दास हुनेछौँ।” १० अनि उसले भन्यो: “तिमीहरूले भनेझैँ होस्‌। तर जसको धोक्रोमा कचौरा फेला पर्छ, ऊ मात्र मेरो दास हुनेछ अनि बाँकीचाहिँ निर्दोष ठहरिनेछन्‌।” ११ तब उनीहरूले तुरुन्तै आ-आफ्नो धोक्रो गधाबाट झारे र खोले। १२ युसुफको घरको रेखदेख गर्ने मानिसले जेठोदेखि कान्छोसम्म पालैसित सबैको धोक्रोको खानतलासी गऱ्‍यो। अन्तमा बिन्यामिनको धोक्रोमा कचौरा फेला पऱ्‍यो।+

१३ तब दुःखी हुँदै उनीहरू सबैले आफ्नो लुगा च्याते। अनि आफ्नो धोक्रो गधामा लादेर फेरि सहरतिर फर्के। १४ यहुदा+ र उनका दाजुभाइ युसुफकहाँ पुग्दा युसुफ घरमै थिए। उनीहरूले लम्पसार परेर युसुफलाई ढोगे।+ १५ युसुफले उनीहरूलाई भने: “तिमीहरूले यो के गऱ्‍यौ? मैले शकुनहरू हेर्न जानेको छु भनेर तिमीहरूलाई थाह थिएन?”+ १६ तब यहुदाले यस्तो जवाफ दिए: “मालिक, हामी हजुरलाई के भनौँ? हामीसित भन्‍ने कुरा के नै छ र? हामी निर्दोष छौँ भनेर कसरी प्रमाण देऔँ? साँचो परमेश्‍वरले नै हामीलाई सजाय दिनुभएको हो।+ मालिक, अब हामी हजुरका दास भयौँ। हामी र जसको धोक्रोमा कचौरा फेला पऱ्‍यो, सबै नै हजुरका दास भयौँ।” १७ तर तिनले भने: “अहँ! मबाट त्यस्तो नीच काम हुनै सक्दैन। जोसित कचौरा फेला पऱ्‍यो, ऊ मात्र मेरो दास हुनेछ।+ बाँकी आफ्नो बुबाकहाँ फर्क।”

१८ तब यहुदाले नजिकै गएर युसुफलाई भने: “हे मेरो मालिक, बिन्ती! रिसानी माफ होस्‌ हजुर! यस दासलाई केही बोल्न दिनुहोस्‌। हजुर फारोसरह हुनुहुन्छ।+ १९ हजुरले ‘तिमीहरूका बुबा अथवा दाजुभाइ कोही छ’ भनेर आफ्ना दासहरूलाई सोध्नुभएको थियो। २० त्यतिबेला हामीले यस्तो जवाफ दिएका थियौँ, ‘हाम्रो वृद्ध बुबा हुनुहुन्छ र उहाँको बुढेसकालको एउटा छोरो पनि छ—हाम्रो सबैभन्दा कान्छो भाइ।+ उहाँ उसलाई असाध्यै माया गर्नुहुन्छ, उसको दाइ मरिसकेकोले+ उसको साक्खै दाजुभाइ कोही छैन।’+ २१ त्यसपछि हजुरले नै ‘उसलाई यहाँ ल्याऊ, म उसलाई हेर्न चाहन्छु’ भन्‍नुभएको थियो।+ २२ तर हामीले हजुरलाई यसो भनेका थियौँ: ‘उसलाई ल्याउन मिल्दैन। उसलाई ल्यायो भने बुबा शोकमै डुबेर बित्नुहुनेछ।’+ २३ तर हजुरले ‘कान्छो भाइलाई नल्याएसम्म तिमीहरू यहाँ मुख देखाउन नआउनू’ भनेर हामी हजुरका दासहरूलाई जवाफ दिनुभएको थियो।+

२४ “त्यसपछि हामी हाम्रा बुबा हजुरको दासकहाँ फर्क्यौँ र उहाँलाई हजुरले भन्‍नुभएको कुरा सुनायौँ। २५ केही समयपछि बुबाले हामीलाई भन्‍नुभयो: ‘जाओ, फेरि केही अन्‍न किनेर ल्याओ।’+ २६ तर हामीले भन्यौँ: ‘अहँ! हामी जान सक्दैनौँ। कान्छो भाइलाई हामीसँग पठाउनुभयो भने मात्र हामी जानेछौँ। उसलाई नलगेसम्म हामी ती मानिससामु आफ्नो मुख देखाउन सक्दैनौँ।’+ २७ त्यसपछि हजुरका दास मेरो बुबाले भन्‍नुभयो: ‘मेरी पत्नीले दुई छोरा+ जन्माएकी थिई भनेर तिमीहरूलाई थाहै छ। २८ तिनीहरूमध्ये एउटा छोरा त मैले गुमाइसकेँ र मैले अहिलेसम्म उसको मुख देख्न पाएको छैनँ। मैले भनेको थिएँ: “उसलाई पक्कै पनि जङ्‌गली जनावरले लुछेर खाएको हुनुपर्छ।”+ २९ अब तिमीहरूले कान्छोलाई पनि लग्यौ र यात्रामा उसलाई केही भयो भने तिमीहरूले गर्दा यो बूढो शोक गर्दागर्दै+ चिहानमा* जानेछ।’+

३० “बुबा हाम्रो कान्छो भाइलाई आफूलाई भन्दा धेरै माया गर्नुहुन्छ। त्यसैले भाइलाई नलिई म फर्केँ ३१ र बुबाले भाइलाई हामीसित देख्नुभएन भने उहाँको मृत्यु हुनेछ; वृद्ध भइसक्नुभएको हाम्रो बुबा शोक गर्दागर्दै चिहानमा* जानुहुनेछ र त्यसको दोष हामीलाई लाग्नेछ। ३२ म, हजुरको दासले कान्छो भाइको जिम्मा लिएर बुबालाई यसो भनेको थिएँ, ‘यदि मैले उसलाई तपाईँकहाँ फर्काएर ल्याउन सकिनँ भने म जीवनभर तपाईँसामु दोषी ठहरिनेछु।’+ ३३ त्यसैले बिन्ती छ हजुर, उसलाई आफ्ना दाइहरूसित फर्कन दिनुहोस्‌। बरु उसको साटो म हजुरको दास हुनेछु। ३४ भाइलाई नलिई म कसरी बुबाकहाँ जाऊँ? बुबाको पीडा म कसरी हेरूँ?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने