प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • दुष्ट शासकहरूलाई सजाय सुनाइन्छ (१-१३)

        • सहरलाई खड्‌कुँलोसित तुलना गरिन्छ (३-१२)

      • पुनर्स्थापनाको प्रतिज्ञा (१४-२१)

        • “नयाँ सोचाइ हालिदिनेछु” (१९)

      • परमेश्‍वरको महिमा यरुसलेमबाट उठ्‌छ (२२, २३)

      • इजकिएल दर्शनमा फेरि कल्दिया पुग्छन्‌ (२४, २५)

इजकिएल ११:१

फुटनोट

  • *

    यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्‍वरको शक्‍तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +इज १०:१९
  • +यसै १:२३; इज २२:२७

इजकिएल ११:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ८

इजकिएल ११:३

फुटनोट

  • *

    यो यरुसलेम सहर हो। यहुदीहरूलाई यस सहरमा सुरक्षा पाइन्छ भन्‍ने लाग्थ्यो।

मार्जिनल रेफरेन्स

  • +इज १२:२७
  • +इज २४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ८

इजकिएल ११:४

मार्जिनल रेफरेन्स

  • +इज ३:१७; २०:४६; २१:२

इजकिएल ११:५

मार्जिनल रेफरेन्स

  • +२प १:२१

इजकिएल ११:६

मार्जिनल रेफरेन्स

  • +इज ७:२३; २२:३, ४

इजकिएल ११:७

मार्जिनल रेफरेन्स

  • +इज २४:६

इजकिएल ११:८

मार्जिनल रेफरेन्स

  • +यर्मि ३८:१९

इजकिएल ११:९

मार्जिनल रेफरेन्स

  • +यर्मि ३९:६, ७; ५२:२४-२७

इजकिएल ११:१०

मार्जिनल रेफरेन्स

  • +२रा २५:१८-२१; २इ ३६:१७
  • +२रा १४:२५; यर्मि ५२:२७
  • +इज ६:१३

इजकिएल ११:१२

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:७; नहे ९:३४
  • +व्य १२:२९-३१; २इ २८:१, ३; भज १०६:३४-३६

इजकिएल ११:१३

मार्जिनल रेफरेन्स

  • +इज ९:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ८-९

इजकिएल ११:१६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२रा २४:१४, १५; यर्मि २४:५
  • +लेवी २६:४४

इजकिएल ११:१७

मार्जिनल रेफरेन्स

  • +यसै ११:११, १२; यर्मि ३०:१०, ११; इज ३४:१३, १४; आमो ९:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०१, १०६

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. १८-२०

इजकिएल ११:१८

मार्जिनल रेफरेन्स

  • +इज ३७:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १००-१०१

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. २०

इजकिएल ११:१९

फुटनोट

  • *

    अर्थात्‌, परमेश्‍वरको डोऱ्‍याइ तुरुन्तै स्विकार्ने मन।

मार्जिनल रेफरेन्स

  • +यर्मि २४:७; ३१:३३; ३२:३९
  • +भज ५१:१०; इज ३६:३१
  • +जक ७:१२
  • +इज ३६:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १०२, १०७

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. २०

इजकिएल ११:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. २०

इजकिएल ११:२२

मार्जिनल रेफरेन्स

  • +इज १:१९
  • +इज १०:१८, १९

इजकिएल ११:२३

मार्जिनल रेफरेन्स

  • +इज ९:३; १०:४
  • +जक १४:४

इजकिएल ११:२४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्‍वरको शक्‍तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।

अरू

इज. ११:१इज १०:१९
इज. ११:१यसै १:२३; इज २२:२७
इज. ११:३इज १२:२७
इज. ११:३इज २४:३
इज. ११:४इज ३:१७; २०:४६; २१:२
इज. ११:५२प १:२१
इज. ११:६इज ७:२३; २२:३, ४
इज. ११:७इज २४:६
इज. ११:८यर्मि ३८:१९
इज. ११:९यर्मि ३९:६, ७; ५२:२४-२७
इज. ११:१०२रा २५:१८-२१; २इ ३६:१७
इज. ११:१०२रा १४:२५; यर्मि ५२:२७
इज. ११:१०इज ६:१३
इज. ११:१२एज्रा ९:७; नहे ९:३४
इज. ११:१२व्य १२:२९-३१; २इ २८:१, ३; भज १०६:३४-३६
इज. ११:१३इज ९:८
इज. ११:१६२रा २४:१४, १५; यर्मि २४:५
इज. ११:१६लेवी २६:४४
इज. ११:१७यसै ११:११, १२; यर्मि ३०:१०, ११; इज ३४:१३, १४; आमो ९:१४, १५
इज. ११:१८इज ३७:२३
इज. ११:१९यर्मि २४:७; ३१:३३; ३२:३९
इज. ११:१९भज ५१:१०; इज ३६:३१
इज. ११:१९जक ७:१२
इज. ११:१९इज ३६:२६
इज. ११:२२इज १:१९
इज. ११:२२इज १०:१८, १९
इज. ११:२३इज ९:३; १०:४
इज. ११:२३जक १४:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ११:१-२५

इजकिएल

११ अनि एउटा शक्‍तिले* मलाई उचाल्यो र यहोवाको मन्दिरको पूर्वतिरको ढोकामा पुऱ्‍यायो।+ त्यहाँ मूलढोकामा मैले २५ जना मानिसलाई देखेँ, जो शासक+ थिए। यिनीहरूमध्ये अज्जुरका छोरा याजन्याह र बेनायाहका छोरा पलात्याह पनि थिए। २ त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, षड्‌यन्त्र रच्ने र सहरलाई हानि पुऱ्‍याउने सल्लाह दिने मानिसहरू यिनीहरू नै हुन्‌। ३ यिनीहरू यसो भन्दै छन्‌: ‘घर बनाउने बेला भएन र?+ यो सहर* खड्‌कुँलो हो+ र हामी मासु हौँ।’

४ “त्यसैले यिनीहरूविरुद्ध भविष्यवाणी गर। हे मानिसको छोरा, भविष्यवाणी गर।”+

५ त्यसपछि यहोवाको पवित्र शक्‍ति ममाथि आयो+ र उहाँले मलाई यसो भन्‍नुभयो: “तिमीले यसो भन्‍नू, ‘यहोवा यसो भन्‍नुहुन्छ: “हे इस्राएलको घरानाका मानिसहरू हो, तिमीहरूको कुरा ठीक हो। तिमीहरू के सोच्दै छौ, मलाई थाह छ। ६ तिमीहरूले गर्दा यस सहरका थुप्रै मानिसले आफ्नो ज्यान गुमाएका छन्‌; सहरका बाटोभरि लासैलास छन्‌।”’”+ ७ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले सहरभरि फालेका लासचाहिँ मासु हो र यो सहर खड्‌कुँलो हो।+ तर तिमीहरू भने सहरबाट बाहिर निकालिनेछौ।’”

८ “‘तिमीहरू तरबारदेखि डराउँछौ, होइन?+ म तिमीहरूलाई तरबारले प्रहार गर्नेछु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ९ ‘म तिमीहरूलाई सहरबाट बाहिर ल्याउनेछु, विदेशीहरूको हातमा सुम्पनेछु र तिमीहरूलाई दण्ड दिनेछु।+ १० तिमीहरू तरबारले मारिनेछौ।+ म तिमीहरूलाई इस्राएलको सिमानामै दण्ड दिनेछु+ र म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+ ११ तिमीहरूको लागि यो सहर खड्‌कुँलो हुनेछैन; तिमीहरू त्यसभित्रको मासु पनि हुनेछैनौ। म तिमीहरूलाई इस्राएलको सिमानामै दण्ड दिनेछु १२ र म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ। किनकि तिमीहरू मेरो नीतिनियमअनुसार चलेनौ र तिमीहरूले मेरा ऐनकानुन पालन गरेनौ+ बरु वरपरका जातिहरूको ऐनकानुन पालन गऱ्‍यौ।’”+

१३ मैले यो भविष्यवाणी गर्नेबित्तिकै बेनायाहका छोरा पलात्याह मरे। अनि म भुईँमा घोप्टो परेँ र ठूलो स्वरले यसो भन्दै कराएँ: “हाय! ब्रह्‍माण्डका मालिक यहोवा! के अब इस्राएलका बाँकी मानिसहरूलाई पनि तपाईँ नाश गर्नुहुन्छ?”+

१४ तब यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १५ “हे मानिसको छोरा, तिम्रा दाजुभाइ, जससित तिम्रो पुर्ख्यौली जमिन फेरि किन्‍ने अधिकार छ, तिनीहरूलाई र पूरै इस्राएलको घरानालाई यरुसलेमवासीले यसो भनेका छन्‌, ‘यहोवादेखि टाढै बस। यो भूमि हाम्रो हो, यो हामीलाई दिइएको हो।’ १६ त्यसैले यसो भन: ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, “मैले तिनीहरूलाई टाढाका जातिहरूकहाँ पठाए पनि र देशदेशमा तितरबितर पारिदिए पनि+ तिनीहरू गएको भूमिमा म केही समयको निम्ति तिनीहरूको पवित्र स्थान* हुनेछु।”’+

१७ “त्यसैले यसो भन: ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, “तितरबितर भएर तिमीहरू जुन-जुन देश अनि जातिकहाँ पुग्यौ, म त्यहाँबाट तिमीहरूलाई जम्मा गरेर ल्याउनेछु र इस्राएल देश दिनेछु।+ १८ तिनीहरू फर्कनेछन्‌ र त्यहाँबाट घिनलाग्दा मूर्ति र घिनलाग्दा काम सबै हटाउनेछन्‌।+ १९ म तिनीहरू सबैलाई एकजुट पार्नेछु+ र तिनीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्‌गाजस्तो कठोर तिनीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु।+ २० तब तिनीहरू मेरा विधिविधानअनुसार चल्नेछन्‌ र मेरा फैसलाहरू पालन गर्नेछन्‌। अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु।”’

२१ “‘“तर घिनलाग्दा मूर्ति पुज्न र घिनलाग्दा काम गर्न नछोड्‌नेहरूलाई भने तिनीहरूको कामको नतिजा म तिनीहरूकै थाप्लोमा खन्याइदिनेछु,” ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।’”

२२ त्यसपछि करूबहरूले पखेटा मास्तिर उठाए। अनि पाङ्‌ग्राहरू तिनीहरूका छेवैमा थिए।+ तिनीहरूको मास्तिर इस्राएलका परमेश्‍वरको महिमा थियो।+ २३ तब यहोवा परमेश्‍वरको महिमा+ सहरको मास्तिरबाट उठ्‌यो र पूर्वतिरको डाँडामाथि बस्यो।+ २४ त्यसपछि दर्शनमा* एउटा शक्‍तिले* मलाई उचाल्यो र कल्दियामा निर्वासित मेरा मानिसहरूकहाँ पुऱ्‍यायो। अनि मैले देखिरहेको त्यो दर्शन अन्त भयो। २५ तब यहोवा परमेश्‍वरले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासनमा भएका मानिसहरूलाई बताएँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने