प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • यरुसलेम खिया लागेको खड्‌कुँलोजस्तै (१-१४)

      • इजकिएलकी पत्नीको मृत्यु एउटा चिन्ह (१५-२७)

इजकिएल २४:२

मार्जिनल रेफरेन्स

  • +२रा २५:१; यर्मि ३९:१; ५२:४

इजकिएल २४:३

फुटनोट

  • *

    वा “नीतिकथा।”

मार्जिनल रेफरेन्स

  • +इज ११:३

इजकिएल २४:४

मार्जिनल रेफरेन्स

  • +इज ११:७

इजकिएल २४:५

मार्जिनल रेफरेन्स

  • +यर्मि ३९:६

इजकिएल २४:६

मार्जिनल रेफरेन्स

  • +२रा २१:१६; मिका ७:२; मत्ति २३:३५
  • +इज ११:७, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १४

इजकिएल २४:७

मार्जिनल रेफरेन्स

  • +यर्मि २:३४
  • +लेवी १७:१३; व्य १२:१६

इजकिएल २४:८

मार्जिनल रेफरेन्स

  • +२रा २४:३, ४

इजकिएल २४:९

मार्जिनल रेफरेन्स

  • +मत्ति २३:३७

इजकिएल २४:११

मार्जिनल रेफरेन्स

  • +यर्मि २१:१०; ३२:२९; इज २२:१५

इजकिएल २४:१२

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:३; ६:२९

इजकिएल २४:१३

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१४; इज २२:९
  • +इज ५:१२, १३; ८:१८

इजकिएल २४:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि १३:१४; इज ५:११

इजकिएल २४:१६

फुटनोट

  • *

    वा “छाती नपिट्‌नू।”

मार्जिनल रेफरेन्स

  • +इज २४:१८, २१

इजकिएल २४:१७

मार्जिनल रेफरेन्स

  • +यर्मि १६:५
  • +लेवी १०:६
  • +२स १५:३०
  • +मिका ३:७
  • +यर्मि १६:७

इजकिएल २४:२१

मार्जिनल रेफरेन्स

  • +भज ७४:७; ७९:१; यर्मि ७:१४; वि १:१०; २:७; इज ९:७
  • +२इ ३६:१७; यर्मि ६:११

इजकिएल २४:२२

फुटनोट

  • *

    वा “इजकिएलले।”

मार्जिनल रेफरेन्स

  • +इज २४:१७

इजकिएल २४:२३

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३९; इज ३३:१०

इजकिएल २४:२४

मार्जिनल रेफरेन्स

  • +यसै ८:१८; २०:३; इज ४:३

इजकिएल २४:२५

मार्जिनल रेफरेन्स

  • +व्य २८:३२; यर्मि ११:२२

इजकिएल २४:२६

मार्जिनल रेफरेन्स

  • +इज ३३:२१

इजकिएल २४:२७

मार्जिनल रेफरेन्स

  • +इज ३:२६; ३३:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १३-१४

    १२/१/२००३, पृ. २९

अरू

इज. २४:२२रा २५:१; यर्मि ३९:१; ५२:४
इज. २४:३इज ११:३
इज. २४:४इज ११:७
इज. २४:५यर्मि ३९:६
इज. २४:६२रा २१:१६; मिका ७:२; मत्ति २३:३५
इज. २४:६इज ११:७, ९
इज. २४:७यर्मि २:३४
इज. २४:७लेवी १७:१३; व्य १२:१६
इज. २४:८२रा २४:३, ४
इज. २४:९मत्ति २३:३७
इज. २४:११यर्मि २१:१०; ३२:२९; इज २२:१५
इज. २४:१२यर्मि ५:३; ६:२९
इज. २४:१३२इ ३६:१४; इज २२:९
इज. २४:१३इज ५:१२, १३; ८:१८
इज. २४:१४यर्मि १३:१४; इज ५:११
इज. २४:१६इज २४:१८, २१
इज. २४:१७यर्मि १६:५
इज. २४:१७लेवी १०:६
इज. २४:१७२स १५:३०
इज. २४:१७मिका ३:७
इज. २४:१७यर्मि १६:७
इज. २४:२१भज ७४:७; ७९:१; यर्मि ७:१४; वि १:१०; २:७; इज ९:७
इज. २४:२१२इ ३६:१७; यर्मि ६:११
इज. २४:२२इज २४:१७
इज. २४:२३लेवी २६:३९; इज ३३:१०
इज. २४:२४यसै ८:१८; २०:३; इज ४:३
इज. २४:२५व्य २८:३२; यर्मि ११:२२
इज. २४:२६इज ३३:२१
इज. २४:२७इज ३:२६; ३३:२२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल २४:१-२७

इजकिएल

२४ नवौँ वर्षको १० औँ महिनाको १० औँ दिनमा यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, आजको दिन याद गर, यसलाई लेखेरै राख। आजकै दिन बेबिलोनका राजाले यरुसलेममाथि हमला गर्न सुरु गरेका छन्‌।+ ३ तिमीले विद्रोही घरानाबारे एउटा दृष्टान्त* सुनाउनू र यसो भन्‍नू:

“‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“आगो बालेर खड्‌कुँलो बसाल र त्यसमा पानी हाल।+

 ४ त्यसमा मासुका टुक्राहरू हाल;+ राम्रा-राम्रा भागहरू छानेर हाल।

साँप्रा अनि असल-असल हड्डीहरू पनि त्यसमा हाल।

 ५ बगालबाट राम्रा-राम्रा भेडा छान;+ खड्‌कुँलोमुनि चारैतिर दाउरा राख।

त्यसमा भएको मासु र हड्डीसमेत पाक्नेगरि उमाल।”’

६ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

‘धिक्कार छ! त्यो हत्यारा सहर,+ त्यो कस लागेको खड्‌कुँलोलाई! त्यसको कस त्यसबाट हटाइएको छैन।

खड्‌कुँलोबाट एक-एक गरी सबै मासु निकाल;+ मासुको लागि गोला नहाल।

 ७ किनकि त्यसले बगाएको रगत त्यसभित्रै छ;+ त्यसले नाङ्‌गो चट्टानमा रगत खन्याएर त्यसै छोडी।

त्यसले त्यो जमिनमा खन्याएर माटोले पुरिन।+

 ८ त्यसले चिल्लो र नाङ्‌गो चट्टानमा खन्याएको रगत मैले त्यतिकै छोडिदिएको छु

ताकि मेरो क्रोध जगाएर त्यससित बदला लिन सकूँ।

मैले त्यो पुरेको छैनँ।’+

९ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

‘धिक्कार छ त्यो हत्यारा सहरलाई!+

म दाउराको थुप्रो लगाउनेछु।

१० ठूलठूला मुढा थुपार र आगो सल्काऊ,

मासु पाक्नेगरि उमाल अनि झोल पोखाइदेऊ र त्यसको हड्डी डढोस्‌।

११ त्यो रित्तो खड्‌कुँलोलाई तताउन भुङ्‌ग्रोमाथि राख

र त्यसको तामा रातो हुनेगरि बेसरी तताऊ;

त्यसको फोहोर त्यसभित्रै गलोस्‌+ र कस पनि डढेर जाओस्‌।

१२ त्यसलाई सफा गर्नु बेकार छ;

जत्ति सफा गरे पनि त्यसको कस हट्‌दैन।+

त्यसैले त्यो भाँडोलाई आगोमा हुर्ऱ्याइदेऊ!’

१३ “‘तेरो छाडा आचरणले गर्दा तँ अशुद्ध भएकी होस्‌।+ मैले तँलाई शुद्ध पार्न खोजेँ तर तँ शुद्ध भइनस्‌। अब तँविरुद्ध मेरो रिस नमरुन्जेल तँ शुद्ध हुनेछैनस्‌।+ १४ म यहोवाले नै यो कुरा भनेको हुँ। यो पूरा भएरै छोड्‌नेछ। म सजाय दिनदेखि पछि हट्‌नेछैनँ, दया देखाउनेछैनँ र पछुतो मान्‍नेछैनँ।+ तिनीहरूले तेरो काम र व्यवहारअनुसारै तेरो न्याय गर्नेछन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

१५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १६ “हे मानिसको छोरा, म तिम्री प्रिय पत्नीलाई तिमीबाट एक्कासि खोसेर लैजाँदै छु।+ तिमीले शोक नमनाउनू* न त रुनू वा आँसु नै झार्नू। १७ भित्रभित्रै शोक गर्नू। मृतसंस्कार पनि नगर्नू।+ पगरी गुथ्नू+ र जुत्ता लगाउनू।+ अनि आफ्नो जुँगा नछोप्नू+ र अरूले ल्याइदिएको रोटी नखानू।+

१८ मैले बिहान मानिसहरूलाई परमेश्‍वरको सन्देश सुनाएँ र त्यही बेलुकी मेरी पत्नी मरिन्‌। भोलिपल्ट बिहान मैले परमेश्‍वरले भन्‍नुभएअनुसारै गरेँ। १९ अनि मानिसहरूले मलाई सोधे: “हामीलाई भन, तिमी यो सब किन गर्दै छौ? यसको अर्थ के हो?” २० मैले जवाफ दिएँ: “यहोवाको यो वचन मकहाँ आयो, २१ ‘इस्राएलको घरानालाई यसो भन: “ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ, ‘मेरो मन्दिर, जसमा तिमीहरू घमन्ड गर्छौ, जसको तिमीहरू चाह गर्छौ र जसलाई तिमीहरू प्यारो ठान्छौ, त्यसलाई म त्याग्नेछु।+ तिमीहरूले छोडेर आएका तिमीहरूका छोराछोरी तरबारले काटिनेछन्‌।+ २२ त्यसपछि मैले* जसो गरेँ, तिमीहरूले पनि त्यसै गर्नेछौ; तिमीहरूले जुँगा छोप्नेछैनौ र अरूले ल्याइदिएको रोटी खानेछैनौ।+ २३ पगरी उतार्नेछैनौ र जुत्ता फुकाल्नेछैनौ। तिमीहरूले शोक गर्नेछैनौ र आँसु पनि झार्नेछैनौ। आफ्नै कुकर्मले तिमीहरू गल्नेछौ+ र एकअर्काको अनुहार हेर्दै सुस्केरा हाल्नेछौ। २४ इजकिएल तिमीहरूको लागि चिन्ह भएका छन्‌।+ तिनले गरेझैँ तिमीहरूले गर्नेछौ। जब यी सबै तिमीहरूमाथि आइपर्नेछ, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’”’”

२५ “हे मानिसको छोरा, म तिनीहरूको शरणस्थान खोस्नेछु। तिनीहरू त्यसलाई निकै प्यारो ठान्छन्‌, त्यसको चाह गर्छन्‌, त्यसमै गर्व गर्छन्‌। हो, तिनीहरूको त्यही शरणस्थान र तिनीहरूका छोराछोरी म खोस्नेछु।+ जुन दिन म त्यसो गर्नेछु, २६ त्यही दिन त्यस विपत्तिबाट उम्केको मानिसले तिमीलाई खबर दिनेछ।+ २७ तब त्यही दिनदेखि मात्र तिमीले आफ्नो मुख खोल्नू र विपत्तिबाट उम्केको त्यस मानिससित बोल्नू। त्यस दिनदेखि तिमी चुप लाग्नेछैनौ।+ तिनीहरूको लागि तिमी चिन्ह हुनेछौ र म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने