भजनसङ्ग्रह
एउटा गीत। कोरहवंशीको एउटा भजन।+ निर्देशकलाई; महालथ* शैलीमा। पालैपालो गाउने। एज्रहवंशी हेमानको+ मास्किल।*
८८ हे यहोवा, मेरो उद्धार गर्नुहुने परमेश्वर,+
दिनभरि म रोइकराइ गर्छु
अनि रातभरि तपाईँसामु आफ्नो मनको बह पोखाउँछु।+
५ मुर्दाहरूको बीचमा मिल्काइएको
अनि चिहानमा पस्रिरहेको लासझैँ भएको छु,
जसलाई तपाईँले आफ्नो सम्झनाबाट मेटाइसक्नुभएको छ,
जसको हात तपाईँले छोडिसक्नुभएको छ।
६ तपाईँले मलाई गहिरो खाडलमा फ्याँकिदिनुभएको छ;
त्यो अगाध खाडलमा, जहाँ निस्पट्ट अन्धकार छाएको छ।
७ तपाईँको क्रोधले मलाई थिचेको छ+
अनि तपाईँको भयानक छालले मलाई घेरेको छ। (सेला)
८ मैले चिनेजानेका मानिसहरूलाई तपाईँले मबाट टाढा पठाउनुभएको छ;+
तिनीहरूको अघि मलाई घृणाको पात्र बनाउनुभएको छ।
म थुनिएको छु र उम्कन सक्दिनँ।
९ रुँदा-रुँदा मेरा आँखाहरू थाकिसकेका छन्।+
हे यहोवा, दिनभरि म तपाईँलाई पुकार्छु;+
तपाईँतिरै आफ्नो हात फैलाउँछु।
१० जो मरिसकेका छन्, के तपाईँ तिनीहरूका लागि अचम्मका कामहरू गर्नुहुन्छ?
मुर्दाहरूले फेरि उठेर तपाईँको जयजयकार गर्न सक्छन् र?+ (सेला)
११ के तपाईँको अटल प्रेम चिहानमा
अनि तपाईँको वफादारीको घोषणा विनाशको ठाउँमा* हुन्छ र?
१२ के अन्धकारमा तपाईँले गर्नुभएका अचम्मका कामहरू प्रकट हुन्छन् र?
अनि नामोनिसान मेटिएकाहरूको देशमा तपाईँको न्याय प्रकट हुन्छ र?+
१५ जवान छँदादेखि नै
म दुःखको भुमरीमा परेको छु, मृत्युसित जुझ्दै आएको छु;+
तपाईँले ममाथि भयानक विपत्तिहरू आइपर्न दिनुभएको छ, ती सहँदा-सहँदा म शिथिल भएको छु।
१६ तपाईँको बल्दो रिस ममाथि दन्केको छ;+
तपाईँको भयले मलाई स्वाहा पारेको छ।
१७ त्यसले मलाई समुद्रको छालले झैँ दिनभरि घेर्छ
अनि मलाई चारैतिरबाट* छोप्छ।
१८ मेरा साथीहरू र मलाई साथ दिनेहरूलाई तपाईँले मदेखि टाढा लैजानुभएको छ;+
अन्धकार नै मेरो मित्र बनेको छ।